आईपीएलमा राजस्थान रोयल्स १६ रनले विजयी

  ।   २०७७ आश्विन ७, बुधबार ०६:५७

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ ।

यूएईको सारजाह क्रिकेट मैदानमा भएको खेलमा राजस्थानले चेन्नेई सुपर किंग्सलाई १६ रनले हराएको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १६ रन बनाउँदै १६ रनले विजयी भएको हो । राजस्थानका लागि सन्जु सेमसनले ७४ रनले बनाएका छन् । यस्तै स्टेभेन स्मीथले ६९ र जोफार आर्चरले २७ रन बनाए ।

चेन्नईका लागि साम कुरानले तीन विकेट लिए भने दीपक चाहर, लुङ्गी एनगिडी र पियुस चावलाले समान एक(एक विकेट लिएका थिए ।

Next Post

बाँके जिल्लाबाट आज थप ७३ जना कोरोना जितेर घर फर्किदै

२०७७ आश्विन ७, बुधबार ०६:५७
बाँके । बाँके जिल्लाबाट आज (बुधबार) कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएका ७३ जना निको भइ डिस्चार्ज हुँदैछन् । जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डी.सीसी.एम.सी) बाँकेका अनुसार आज डिस्चार्ज हुनेमा १९ जना महिला र ५४ जना पुरुष रहेका छन् । यससँगै जिल्लाभर कोरोना जित्दै डिस्चार्ज हुनेको संख्या एक […]