अखिल (क्रान्तिकारी) बाँकेको इन्चार्जमा भैरव कार्की

  ।   २०८२ जेष्ठ २४, शनिबार ०८:२७

नेपालगन्ज । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) ले कार्य विभाजन गरेको छ। बि.सं. २०८१ साल माघ २७ गते बसेको केन्द्रीय समितिको पहिलो बैठकमा गरिएको निर्णय सङ्गठनले आज सार्वजनिक गरेको हो।

सार्वजनिक विवरण अनुसार, संगठनको जिल्ला समिति बाँके जिल्ला इन्चार्जको जिम्मेवारी भैरव कार्कीलाई दिइएको छ। कार्की विगतदेखि बाँके जिल्लाभित्र विद्यार्थी सङ्गठन निर्माण तथा विस्तारमा सक्रिय भूमिका निर्वाह गर्दै आउनु भएको छ । उहाँ सङ्गठनात्मक समन्वय र नेतृत्वको मुख्य भुमिकामा रहेको बताइएको छ।

बैठकले सङ्गठनको आन्तरिक मजबुती, विद्यार्थी आन्दोलनलाई थप सक्रिय बनाउने रणनीति, र राजनीतिक कार्यदिशालाई प्रभावकारी बनाउन कार्य विभाजन गरेको जनाएको छ।

इन्चार्ज कार्कीले आफूले पाएको जिम्मेवारी पूरा गर्दै अखिल (क्रान्तिकारी) बाँकेको संगठनलाई अझ उच्च उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

Next Post

पुष्प ओली वाइसिएल अध्यक्षमा चयन : युद्धको घाउ बोकेर नेतृत्वमा पुगेका योद्धा

२०८२ जेष्ठ २४, शनिबार ०८:२७
सबिता चन्द काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) को नेतृत्वमा युद्धका घाउ बोकेका योद्धा पुष्प ओली सर्वसम्मत रुपमा चयन हुनुभएको छ । माओवादी जनयुद्धमा गम्भीर घाइते हुनुभएका ओलीको संगठनप्रतिको समर्पण, त्याग र दृढता उहाँको नेतृत्वमा पुग्ने आधार बनेको हो । वाइसिएलको महासचिवमा गणेश शाहीको नाममा […]