बर्दियामा ‘Unite For Resilience’ अभियान सुरु : जलवायु बहसमा युवाको नेतृत्व

  ।   २०८२ जेष्ठ २२, बिहीबार २१:५६

सागर भण्डारी

बर्दिया । विश्व वातावरण दिवसको अवसरमा बर्दियामा ‘Unite For Resilience’ अभियानको औपचारिक सुरुआत गरिएको छ। अभियान जलवायु परिवर्तन तथा युवाको नेतृत्वमा आधारित संवादसँगै प्रारम्भ भएको हो।

बाँके युनेस्को क्लबले राधाकृष्ण थारु जनसेवा केन्द्र (RKJS) र युवा (YUWA) सँगको सहकार्यमा GSS परियोजना अन्तर्गत सञ्चालित ‘Girls Out Loud’ कार्यक्रम तथा Plan International Nepal सँगको साझेदारीमा YSPARCK परियोजनाअन्तर्गत यो अभियान सञ्चालन गर्दै आएको छ। अभियानको मुख्य उद्देश्य युवाहरूलाई जलवायु परिवर्तनको चुनौतीलाई प्रभावकारी रूपमा सम्बोधन गर्न सशक्त बनाउने, समुदायमा जलवायु सहनशीलताको वकालत गर्ने तथा दिगो भविष्य निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्न उत्प्रेरित गर्नु हो। साथै, यसले स्थानीय तह, समुदाय तथा नागरिक समाजमा युवाको सक्रिय सहभागिता प्रोत्साहित गर्ने लक्ष्य लिएको छ ।

कार्यक्रममा बर्दियाका विभिन्न स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूको उपस्थिति थियो। प्रमुख सहभागीहरूमा गेरुवा गाउँपालिका अध्यक्ष जमान सिंह केसी, गुलरिया नगरपालिकाकी उपप्रमुख साबित्रा गौतम, मधुवन नगरपालिकाकी उपप्रमुख अनिता चौधरी, गेरुवा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी चौधरी, बधैयाताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी अधिकारी, गुलरिया नगरपालिकाका वरिष्ठ सामाजिक विकास अधिकृत मुकुन्द अर्याल र मधुवन नगरपालिकाकी महिला विकास अधिकृत इन्दिरा चुनारा रहनुभएको थियो ।  कार्यक्रममा राधाकृष्ण थारु जनसेवा केन्द्र, B-Group, थारु महिला उत्थान केन्द्र, कमैया महिला जागरण समाज, सुन्दर संसार जस्ता संस्थाका प्रतिनिधि र स्थानीय किशोर–किशोरीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। किशोरी क्लबका सदस्यहरूले जलवायु परिवर्तनको प्रभावलाई कथा, कविता र चित्रमार्फत सजीव रूपमा प्रस्तुत गर्नुभएको थियो । उपप्रमुखहरू साबित्रा गौतम, अनिता चौधरी र लक्ष्मी अधिकारीले अभियानलाई सान्दर्भिक र प्रभावकारी भन्दै आगामी नीति तथा कार्यक्रमहरूमा जलवायु सहनशीलतालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रमको उद्घाटन भाषण बाँके युनेस्को क्लबका उपनिर्देशक गोबिन्द प्रसाद लामिछानेले दिनुभएको थियो। कार्यक्रमको सहजीकरण क्लबकी युवा उपाध्यक्ष निर्जला रिजाल र अभियान संयोजक सुरुचि शाहीले संयुक्त रूपमा गर्नुभएको थियो।

Next Post

"प्लास्टिक प्रदूषण विरुद्ध एक कदम: ठाकुरबाबामा वृक्षारोपण र सरसफाइ अभियान सम्पन्न"

२०८२ जेष्ठ २२, बिहीबार २१:५६
सबिता चन्द बर्दिया । विश्व वातावरण दिवस २०२५ “प्लास्टिक प्रदूषणलाई पराजित गरौं” भन्ने नाराका साथ विश्वभर विभिन्न कार्यक्रममार्फत मनाइँएको छ । यसले प्लास्टिक फोहोरको बढ्दो समस्यालाई सम्बोधन गर्नुपर्ने तत्काल आवश्यकता औँल्याएको छ। प्लास्टिक प्रदूषणले पारिस्थितिकी तन्त्र, वन्यजन्तु तथा मानव स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ । पानीका स्रोतहरू मात्र होइन, मानव […]

सम्बन्धित शीर्षक