सुरक्षा परियोजना अन्तर्गत मानव बेचविखनबिरुद्ध समिक्षा र योजना तर्जुमा

  ।   २०८२ बैशाख १३, शनिबार २१:१८

नेपालगन्ज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दियाको राजापुर नगरपालिकामा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत नगरपालिकाभित्रका युवा राजदूतहरूसँग समीक्षा र योजनातर्जुमा बैठक सम्पन्न गरेको छ ।

क्लबका अनुसार सो बैठकमा २० जना युवा राजदूतहरूको सक्रिय रूपमा सहभागिता रहेको थियो भने उहाँहरुले बाल बेचबिखन विरुद्ध संघर्ष गर्नका लागि तयार पार्नु भएको आफ्नो कार्य योजनाहरु प्रस्तुत गर्नु भएको थियो ।

युवा राजदूतहरुले प्रस्तुत गर्नु भएको योजनाहरु सामाजिक सञ्जाल अभियान, ह्यासट्याग अभियान, बेचविखन विरुद्ध सचेतना फैलाउने भिडियो र वृत्तचित्र प्रदर्शन, साताको भेटमा बाल बेचबिखनका कुरा सम्बन्धि शीर्षकको छलफल, सडक नाटक र चेतनामूलक ¥यालीहरूमार्फत बेचविखनको मुद्दालाई सम्बोधन गर्ने बिषयमा केन्द्रित रहेका थिए ।

सो बैठकमा ती योजनाहरुका बारेमा बिस्तृत रुपमा छलफल तथा अन्तरक्रिया गरिएको बाँके युनेस्को क्लबले जनाएको छ ।
बाँके युनेस्को क्लबका परियोजना संयोजक ईश्वर बीक, अनुगमन तथा मुल्यांकन अधिकृत जनकराम चौधरी र फिल्ड सुपरभाइजर प्रमिशा थारूले बैठकमा सहजीकरण गर्नुभएको थियोे ।

सो अवसरमा युवा राजदूतहरूले प्रस्तुत गर्नु भएका योजनाहरुमा बिस्तृत रुपमा छलफल गरेर कार्यान्वयन गर्ने प्रतिवद्धता समेत जनाईएको थियो ।

Next Post

मधुवनमा मानवबेचविखन नियन्त्रणका लागि सुरक्षाकर्मी र सरोकारवालालाई तालिम

२०८२ बैशाख १३, शनिबार २१:१८
नेपालगन्ज । बर्दिया जिल्लाको मधुबनमा सिमा क्षेत्रका सुरक्षाकर्मी तथा सरोकारवालाकालागि मानव बेचबिखन तथा ओसारपसार रोक्न दुई दिने तालिम सम्पन्न भएको छ । मानब बेचबिखन तथा ओसारपसारका घटना नियन्त्रणबारे सिमा क्षेत्रका सुरक्षाकर्मी तथा सरोकारवालाहरुको क्षमता विकास गर्ने उदेश्यले सो तालिम संचालन गरिएको हो । मधुबन नगरपालिकाको आयोजना, प्लान इन्टरनेसनल नेपाल र […]