
किरण धिताल
समृद्ध संसारको निर्माणका लागि सकारात्मक एवम् प्रभावकारी योगदान पुर्याउने अचुक अस्त्र शिक्षा हो । शिक्षाले मानिसको मस्तिष्कलाई तिक्ष्ण, हृदयलाई कोमल, आचरण र व्यवहारलाई शुद्ध तथा सिपमा निपुर्ण बनाउने काम गर्दछ । आजको यो प्रतिस्पर्धी युगमा जुन-जुन राष्ट्रहरु आर्थिक एवम् सूचना प्रविधि र सामाजिक, भौतिक विकासका दृष्टिले समृद्ध र शक्तिसाली भएका छन् ति सबै गुणस्तरयुक्त शिक्षाको कारणले नै भएका हुन् । वास्तवमा गुणस्तरीय शिक्षा र आर्थिक विकास एक-अर्काका परिपुरक रहेका हुन्छन् । जहाँ गुणस्तरीय शिक्षा हुँदैन, त्यहाँ आर्थिक विकास पनि सम्भव हुदैन । अनि जहाँ आर्थिक विकास छैन, त्यहाँ गुणस्तरीय शिक्षा पनि सम्भव देखिदैन । त्यस्तो कुनै राष्ट्र उदाहरणको रूपमा पाउन सकिन्न जहाँ शिक्षाको गुणस्तर कमजोर भएरपनि द्रुतगतिमा आर्थिक विकास भएको अनि आर्थिक विकास नभएरपनि शिक्षाको गुणस्तर सर्वोत्तम रहेको होस् ।
अतः राज्यको समग्र विकासको मुल आधार नै गुणस्तरीय शिक्षा भएकोले अधिकांश राष्ट्रहरुको वार्षिक बजेटको ठूलो हिस्सा शिक्षा क्षेत्रमा लगानी भएको पाइन्छ । नेपालमा भने अझैपनि विपन्नता, गरिबी, अभाव तथा पछौटेपनका कारणले गर्दा गुणस्तरयुक्त एवम् जीवनउपयोगी शिक्षामा बहुसंख्यक बालबालिकाको सहज पहुँच पुग्न सकेको देखिदैन । एउटा यथार्थ के पनि छ भने हाम्रा विद्यालयहरूले गुणस्तरीयताका दृष्टिकोणले दुई किसिमका जनशक्ति उत्पादन गरिरहेका छन् । निजी विद्यालयहरुमा र सामुदायिक विद्यालयहरुमा एउटै पाठ्यक्रम पद्धतिमा लैजानु पर्दछ ।
यसरी पाठ्यक्रमलाई राष्ट्रिय तथा विश्व परिवेश सुहाउँदो गरिएन भने श्रम गर्न तयार हुने सक्षम जनशक्ति उत्पादन गर्न नेपालको शिक्षा प्रणालीमा व्यापक सुधार गर्नुपर्ने आवश्यक्ताको खाँचो छ । हालको शिक्षा प्रणाली अव्यवहारिक सैद्धान्तिक, बेरोजगारी तथा डिग्री प्राप्त गर्ने कारखानाको रूपमा विकास भएको यस्तो जनशक्तिबाट नेपालको समग्र विकासमा असर पर्नुका साथै मानसिक हिसाबले बिचलित हुने खतरा दिन प्रतिदिन बढ्दै गएको छ । शिक्षामा आधुनिक चिन्तन, जीवन उपयोगी सिप, आधुनिक शिक्षण प्रविधिको विकास, शिक्षामा नवप्रवर्तन लगाएतका पद्धतिको विकास गरि नेपालको शिक्षा प्रणालीलाई व्यवस्थित, मर्यादित, व्यवहारिक तथा वैज्ञानिक बनाउन पहल गरिनुपर्छ ।
देशको वृहत्तर विकास र समृद्धि ल्याउन, लोक कल्याणकारी राज्यको रूपमा विकास गर्न सुशासन कायम गर्न भ्रष्टाचारको न्यूनिकरण गर्न, बेरोजगारी र ठगीखाने परम्पराको अन्त्य गर्न र सनातन तथा मौलिक संस्कृतिको रक्षा गर्न, संरक्षण तथा सम्बर्धन गर्न गुणस्तरिय शिक्षाबाट मात्र सम्भव हुने भएकाले यसमा सबै सरोकारवाला पक्षहरूमा सिघ्र ध्यान जानु जरुरी छ ।
१. पाठ्यक्रमको व्यापक सुधार:
पाठशाला एक सामाजिक संस्था भएकोले यसमा समय र परिस्थितिको असर पर्नु स्वभाविक हो । अतः बदलिँदो विश्व परिवेश अनुरूप तुल्याउन पाठ्यक्रममा व्यापक र व्यवहारिक एवम् अन्तर्राष्ट्रिय स्तरसम्म प्रयोग हुनसक्ने पाठ्यक्रम निर्माण हुन आवश्यक छ । संसारका कतिपय देशहरू उन्नतीको शिखरमा पुग्न लागिसकेको अवस्थामा हामीसँग अहिलेसम्म पनि पर्याप्त मात्रामा शिक्षकहरू छैनन्, भएका शिक्षकहरूले पनि बालमनोविज्ञान, पेशागत दायित्व र जिम्मेवारी बुझ्न र पालना गर्न नसक्दा पनि केही समस्या उत्पन्न भएका देखिन्छन् । २१औँ शताब्दीको विश्वको दाँजोमा पुग्न नेपालले आफ्नो शैक्षिक प्रणालीमा आमूल सुधार ल्याउन आवश्यक छ ।
२. शिक्षालाई प्राथमिकतामा राखेर बजेट बिनियोजन:
आ.ब. २०६८/०६९ मा कुल बजेटको ११.६१ प्रतिशत बजेट शिक्षामा विनियोजन गरिएको थियो । ६५ वर्ष पछि २०७२ सालमा नेपाली जनताका जनप्रतिनिधिहरूले निर्माण गरेको संविधान सभाद्वारा जारि गरिएको संविधान पारित हुँदापनि शिक्षामा राज्यको राष्ट्रिय बजेटको लगानी प्रतिशत घट्नु दुर्भाग्य हो भनेर बुझ्नु जरुरी छ । २०७२/०७३ मा कुल बजेटको १२.२ प्रतिशत रकम शिक्षा क्षेत्रमा छुट्याइएको थियो । चालु आर्थिक वर्ष २०८१/८२ को बजेटलाई हेर्ने हो भनेपनि शिक्षा क्षेत्रमा जम्मा २ खर्ब ३ अर्ब ६६ करोड अर्थात कुल बजेटको १०.९४ प्रतिशत रकम शिक्षा क्षेत्रका लागि विनियोजन गरिएको छ । जसमध्ये पनि कुल बजेटको ८० प्रतिशत रकम शिक्षक, कर्मचारीहरूको तलब भत्ता लगाएतका कार्यमा खर्च हुने गरेको छ । शिक्षण सिकाई क्रियाकलापहरुलाई रोचक तथा समसामयिक बनाउनका लागि आवश्यक सामग्री, तालिम, शिक्षक-विद्यार्थी र अभिभावक केन्द्रित अभ्यास, प्रयोगात्मक कक्षाका लागि शिक्षाको बजेट ज्यादै न्यून हुने गरेको छ । कुल राष्ट्रिय बजेटको २० प्रतिशत बजेट शिक्षा क्षेत्रमा विनियोजन हुनसके मात्र शिक्षकलाई आवश्यक तालिम, जीवनोपयोगी शिक्षा, आधुनिक विज्ञान प्रविधिमा आधारित ज्ञान एवम् व्यवसायिक, व्यवहारीक र अनुसन्धानमुखी जनशक्ति उत्पादन गर्न सहज हुनुका साथै विश्व बजारमा प्रतिस्पर्धा गर्न सकिने नेपालको जनशक्ति उत्पादन गर्न सकिन्छ ।
३. आध्यात्मिक ज्ञान:
बालबालिकालाई आध्यात्मिक चेत जरूरी छ । हाम्रो शिक्षामा आध्यात्मलाई जोड्नुपर्छ भनेर मैले पहिले देखिनै बहसको बिषय सिर्जना गर्दै आएको छु । आध्यात्म भन्नाले धेरैलाई लाग्छ यो त धर्मको कुरा हो, तर धर्म र आध्यात्म फरक कुरा हुन्, यो एक यस्तो विज्ञान हो जसले जीवन, विज्ञान र जगतलाई हेर्न सहि दृष्टिकोण निर्माण गर्दछ । आध्यात्मले मानिसलाई प्रेमीलो, सदगुणी, सकारात्मक सोच र असल मानवीय गुणयुक्त संसार सहितको प्राकृतिक जीवनमा बाँच्ने विचार वा भावना उत्पन्न गर्दछ । सत्य, दुयालु, इमानदार, नैतिकवान, जिम्मेवार जस्ता सदगुण विकास गर्ने माध्यम नै आध्यात्म हो । यसले मानिसलाई दुःखी, निराश, कुण्ठित, इर्ष्यालु, लोभी बन्न दिँदैन । जस्तोसुकै परिस्थितिमा पनि शान्त, सहनशील, सौम्य, धैर्यवान, क्षमाशील बन्न प्रेरित गर्छ । त्यसैले आध्यात्म जीवनको एउटा विशाल पाटो हो। त्यसैले वर्तमान सन्दर्भमा बालबालिकाहरूलाई आध्यात्मिक बनाउन अनिवार्य भइसकेको छ जसले नैतिकव



