रेल नेपाल आए पनि फेरि भारत नै फर्किने

  ।   २०७७ आश्विन २, शुक्रबार १४:२८

सरकारले जनकपुर–जयनगर रूटमा सञ्चालनका लागि भारतसँग किनेको रेल आज दिउँसो डेढ बजे जनकपुर आइपुगेको छ । नेपालले भारतको कोंकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाखमा दुईवटा ब्रोडगेज रेल खरिद गरेको थियो ।

कोरोना भाइरसको महामारीका कारण दुवै रेल गत फागुनदेखि भारतको बिहारस्थित हाजीपुरमा रोकिएका थिए । अहिले दुवै देशमा यातायात सञ्चालन भएपछि परीक्षणका लागि रेल नेपाल ल्याइएको हो ।

रेल नेपाल आए पनि फेरि भारत नै फर्किनेछ । सञ्चालन नभएसम्म नेपाली रेल जयनगरस्थित स्टेसनमै रहने रेल्वे कम्पनीले जनाएको छ ।

त्यसको सुरक्षाको जिम्मा तत्कालका लागि भारतीय कर्मचारीलाई नै दिइएको छ । न्यारोगेजमा जनकपुर–जयनगर २९ किलोमिटर सञ्चालन हुँदै आएको रेल २०७१ माघदेखि बन्द भएको थियो ।
नयाँ पत्रिकाबाट

Next Post

विभिन्न ६ अस्पतालका लागि १३१ दरबन्दी स्वीकृत (मन्त्रिपरिषदको निर्णयसहित)

२०७७ आश्विन २, शुक्रबार १४:२८
नेपालगन्ज । प्रदेश नं. ५ सरकारको आज बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य सेवाकमी भएका ६ जिल्लामा ५० शैयाका अस्पतालको स्तारोउन्नती गर्नका लागि कर्मचारीको व्यवस्था गर्ने भएको छ । जस अनुसार रुकुमपूर्व, रोल्पा, अर्घाखाँची र पाल्पा जिल्ला अस्पतालका लागि ६० जनाको दरबन्दी स्वीकृत भएको छ । यसैगरी भीम भैरहवा र कपिलवस्तु जिल्ला […]