नेकपाको सचिवालय बैठक आइतबारसम्मका लागि स्थगित

  ।   २०७७ आश्विन २, शुक्रबार ०८:४३

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ ।

बिहान ११ बजेका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार बैठक पर्सि आइतबारका लागि सारिएको छ । यसअघिका धेरैजसो बैठक प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवासमा बस्ने गरे पनि तत्कालीन एमाले र माओवादी एकतापछि पहिलोपटक पेरिसडाँडामा बस्ने तय भएको छ ।

बैठकले पार्टी एकताका बाँकी कामको विषयमा छलफल गर्ने उहाँले बताउनुभयो ।

Next Post

कोभिडको कारण भारत मै थन्किएको रेल आज नेपाल प्रवेश गर्दै

२०७७ आश्विन २, शुक्रबार ०८:४३
नेपालगन्ज । सात महिनादेखि भारतको बिहारस्थित हाजीपुरमा अड्किएको नेपाली ब्रोडगेज रेल बिहीबार जयनगरस्थित रेल्वे स्टेसनमा आइपुगेको छ । परीक्षणका लागि आज शुक्रबार मध्याह्न जनकपुर आइपुग्ने भएको छ । नेपालले भारतको कोंकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाखमा दुईवटा ब्रोडगेज रेल खरिद गरेको थियो । कोरोना भाइरसको महामारीका कारण दुवै रेल […]