अमेरिकी विदेशमन्त्री ब्लिन्केन र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता, मिलेर अगाडि बढ्ने प्रतिवद्धता

  ।   २०७८ श्रावण १३, बुधबार १९:२१

एजेन्सी । भारत भ्रमणमा रहनुभएका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको छ ।

विदेशमन्त्री बनेपछि ब्लिन्केन पहिलो पटक दुई दिन भारत भ्रमणमा आउनुभएको हो । ब्लिन्केनले भारत सरकारसँगको अमेरिकी सम्बन्ध अझै बलियो बनाइने बताउनुभएको छ ।

ब्लिन्केन र जयशंकरबीचको भेटमा भारत र अमेरिकाका साथै दक्षिण एशियाली मुलुकहरुका बारेमा पनि छलफल भएको बीबीसी हिन्दीले जनाएको छ ।

भारतीय विदेशमन्त्री जयशंकरले भन्नुभएको छ, ‘एसिया–प्रशान्त क्षेत्रमा शान्ति र समृद्धि हामी दुबैको लागि अफगानिस्तानमा स्थिरता जत्तिकै महत्त्वपूर्ण छ । क्वाडलाई आपसी सहयोगको मञ्च बनाउनु हाम्रो पारस्परिक हितमा छ र हामीले आतंकवाद जस्ता समसामयिक चुनौतिमा बढी नजिकबाट काम गर्नुपर्दछ ।’

Next Post

नयाँ भेरियन्ट पत्ता लगाउन ‘जिन सिक्वेन्सिङ’, परीक्षणका लागि यी चार किसिमका नमुना प्रयोग

२०७८ श्रावण १३, बुधबार १९:२१
काठमाडौं । नेपालमा कोरोना संक्रमणको दोस्रो लहरमा डेल्टा भेरियन्ट सबैभन्दा बढी संक्रामक देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल म्युटेट भएर आएका भेरियन्ट मध्ये डेल्टा नै बढी रहेको जनाएको छ । नेपालमा डेल्टा भेरियन्ट म्युटेट भएर डेल्टा प्लस भेरियन्टको रूपमा समेत देखिन थालेको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कुन […]