पत्रकार गु्प्तालाई अभद्र व्यवहार गर्ने शिक्षकलाई कारबाहीको माग

  ।   २०८१ जेष्ठ १७, बिहीबार २२:१४

नेपालगन्ज – समाचार संकलनका क्रममा नयाँ सराेकार अनलाइनका पत्रकार  प्रदिप गुप्तालाई अभद्र व्यवहार गर्ने शिक्षकलाई प्रेस सेन्टर नेपाल बाँकेले कार्वाहीकाे माग गरेकाे छ ।

बिहिबार प्रेस विज्ञप्ती जारी गर्दै सेन्टरले बर्दियाकाे गुलरीयामा रहेकाे बंगलामुखी राधाकृष्ण थारू मा.वि.मा समाचार संकलनको क्रममा विद्यालयका प्रधानाध्यापक मतिराम शर्मा र सोही विद्यालयका शिक्षक प्रभात सुवेदीले भिडियाे खिच्न राेक लगाएकाे कार्यप्रति  संगठनले ध्यानाकर्षण भएकाे जनाएकाे छ ।

विज्ञप्तिमा समाचार संकलनमा गएका पत्रकारलाई निरूत्साहित गर्ने तथा अभद्र व्यवहारमा उत्रनुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरूद्धकाे कार्य भएकाे उल्लेख गरिएको छ ।

सेन्टरले आगामी दिनमा विद्यालय क्षेत्रमा सहज रूपमा समाचार संकलनका लागि वातावरण निर्माण गरि दुर्व्यवहार  गर्ने शिक्षक र प्रधानाध्यापकलाई कार्वाहीकाे लागि माग उक्त विज्ञप्तिमा  गरिएकाे छ ।

Next Post

प्रेस सेन्टरका केन्द्रीय सचिव तथा गाेरखापत्रकर्मि खान भारतमा सम्मानित

२०८१ जेष्ठ १७, बिहीबार २२:१४
नेपालगन्ज, । प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव तथा गाेरखापत्र दैनिकका नेपालगन्ज समाचारदाता सिराज खानलाई भारतकाे हिन्दी पत्रकारिता दिवसकाे अवसरमा भारतको बहराईचमा सम्मानित गरिएको छ। हिन्दी पत्रकारिता दिवस २०२४ काे अवसरमा कलाम फाउन्डेसन र उत्तर प्रदेश जिला मान्यता प्राप्त एसाेसियसन देविपाटन मण्डलले भारतकाे बहराईचमा बिहीबार आयाेजना गरेको सम्मान कार्यक्रममा समाचारदाता खानलाई […]

सम्बन्धित शीर्षक