पृथ्वीचन्द्र अस्पताललाई १ सय बेडमा विस्तार गर्नका लागि स्वास्थ्य मन्त्री पुनको प्रतिबद्धता

  ।   २०८१ जेष्ठ ११, शुक्रबार १२:४८

नेपालगन्ज । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री माननीय दिपेन्द्रकुमार पुन मगर सिजलले पृथ्वीचन्द्र अस्पताललाई १०० बेटको अस्पतालमा रुपान्तरण गरी पढ्ने विद्यार्थीहरूबाट नै सेवा प्रदान गरे मात्रै दिगो हुने बताउनुभएको छ। उहाँले स्थानीय तह र सरकारलाई निकायले एकमतका साथ त्यो प्रस्ताव लिएपछि आफूले सो प्रस्तावलाई स्वीकृत गर्ने बताउनुभएको हो। अस्पताललाई १०० वेद बनाउनका लागि स्थानीय तह र राजनीतिक दल साथै अस्पतालले नै मुख्य भूमिका निर्वाह गर्न समेत उहाँले अनुरोध गर्नुभयो। उहाँले यस्तो कुरा उहाँले यस्तो कुरा पृथ्वीचन्द्र अस्पताल अस्पताल परिसरी भित्र नवनिर्मित ल्याब भवनको उद्घाटन गर्दै परासीमा बताउनुभएको हो।

उहाँले आज ल्याप उद्घाटन कार्यक्रमका ल्याब भवन उद्घाटन कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्यमन्त्री दिपेन्द्र कुमार पुन मगरले जनताको सबैभन्दा महत्त्वपूर्ण विषय स्वास्थ्य रहेकोले स्वास्थ्यमा सबैलाई ध्यान दिन आग्रह गर्नुभयो।

स्वास्थ्य मन्त्री दिपेन्द्रकुमार पुन मगरले पृथ्वीचन्द्र पृथ्वीचन्द्र अस्पताल लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रका नागरिक तथा भारतीय नागरिकको सेवा क्षेत्र रहेकोले यसलाई विस्तार गर्न आवश्यक रहेको कुरा बताउनु भएको छ । स्वास्थ्य मन्त्री पुन मगरले चितवनमा रहेको अस्पताल र बुटवलमा रहेको प्रादेशिक अस्पतालमा बिरामीहरूको चाप कम गर्न समेत यस अस्पतालले ठूलो योगदान गर्ने बताउनुभएको छ। स्वास्थ्य मन्त्री पुन मगरले डाक्टरहरू अस्पतालमा नभेटिनु र राजनीतिक दलहरुले स्वास्थ्य क्षेत्रमा बढी राजनीति गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताउनुभयो। उहाँले सो प्रवृत्तिलाई अन्त्य नगर्दासम्म नेपालका स्वास्थ्य क्षेत्रको समृद्धि नहुने बताउनुभयो।

उहाँले अस्पताल परिसरभित्र प्रदेश सरकारबाट निर्माण गरेको भवनलाई छिटै कार्य सञ्चालनका लागि योग्य बनाउनका लागि सबै लाग्न अनुरोध गर्नुपर्यो। साथै साथै सो भवन निर्माणमा लागेको निर्माण खर्च अभाव रहेको भन्ने अस्पतालको जानकारीमा उहाँले सो बजेटको व्यवस्था गरिसकेको जानकारी दिनुभएको छ।

केही समयअगाडि अस्पताल भवनमा आगलागी भएको र त्यसको त्यसलाई व्यवस्थापन गर्नका लागि आफूले बजेटको व्यवस्था गरिसकेको समेत जानकारी दिनुभयो । जनताको उपचार गर्दागर्दै केही समस्या भयो भने सत्यतथ्य कुरा बुझ्ने नागरिकको अधिकार रहेता पनि डाक्टरलाई हातपात गर्न ुुुु नपाइने कुरा उहाँले बताउनुभयो। लुम्बिनी प्रदेशको सबैभन्दा पूर्वी भूभाग नवलपरासीको पृथ्वीचन्द्र अस्पताल र सबैभन्दा पश्चिमी भूभाग बर्दिया अस्पताललाई स्वास्थ्य सेवामा समृद्धि बनाउनका लागि प्रदेश सरकार लागिरहेको बताउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि उद्योग तथा पर्यटन मन्त्री खड्क बस्नेतले पृथ्वीचन्द्र अस्पतालको विकासका लागि स्थानीय राजनीतिज्ञ जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरूले समेत समीक्षा गर्न आवश्यक रहेको बताउँदै यसका लागि आगामी दिनमा सबै एक भएर अगाडि बढ्न पर्ने बताउनुभयो। कार्यक्रममा प्रदेश सभा सदस्य स्थानीय तहका प्रमुख तथा प्रतिनिधि शिक्षा निकाय र सरोकारवालाको उपस्थिति रहेको थियो।

Next Post

प्रधानमन्त्रीसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट

२०८१ जेष्ठ ११, शुक्रबार १२:४८
काठमाडौँ, । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एम्नेस्टी इन्टरनेसनलकी महासचिव अग्नेष्ट कालामार्डले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरूबीच सङ्क्रमणकालिन न्याय एवं मानवअधिकारसम्बन्धी विविध विषयमा छलफल भएको हो। भेटमा प्रधानमन्त्री प्रचण्डले मानवअधिकारको संरक्षण र प्रवर्द्धनमा नेपाल प्रतिबद्ध रहेको उल्लेख गर्दै मानवअधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रि […]