उच्च जोखिममा रहेका बस्तीहरुको स्थानान्तरणका लागि १० दिनभित्र कार्यविधि तयार गरिने

  ।   २०७७ आश्विन १, बिहीबार २२:०७

काठमाडौँ । बाढी पहिरोको उच्च जोखिममा रहेका बस्तीहरुको स्थानान्तरण र पुनर्निर्माणका लागि १० दिनभित्र कार्यविधि तयार गरिने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको विपद् व्यवस्थापन परिषद्‌को बैठकले बाढी, पहिरोले क्षति गरेका र उच्च जोखिममा रहेका बस्तीहरुको पुर्नस्थापना गर्न कार्यविधि बनाउने निर्णय गरेको हो ।

मनसुन सुरु भएपछि नेपालमा बाढी पहिरोबाट ठूलो जनधनको क्षति भएको छ । सिन्धुपाल्चोक, कालिकोट, बागलुङ लगायतका जिल्लामा बाढी पहिरोले ठूलो जनधनको क्षति भएपछि उच्च जोखिममा रहेका बस्तीहरु स्थानान्तरण गर्ने विषयमा बिहीबार छलफल भएको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताउनुभयो । भूकम्पपछिको पुनर्निर्माणकाको अनुभवलाई आधार मान्दै बस्ती व्यवस्थापनका लागि आर्थिक स्रोत जुटाउने, दिगो कसरी बनाउने भन्ने विषयमा छलफल भएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकमा गृहमन्त्री रामबहादुर थापा, संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदेश त्रिपाठी, सहरी विकास मन्त्री बसन्त नेम्वाङ र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल लगायत तीन वटै सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो । कान्तिपुर

Next Post

१२ वटा स्थानीय तहको लगानीमा प्रयोगशाला स्थापना

२०७७ आश्विन १, बिहीबार २२:०७
रूपन्देही । पहाडी जिल्ला गुल्मीमा कोभिड–१९ परीक्षणका लागि प्रयोगशाला स्थापना गरिएको छ । प्रयोगशालाको बिहीबार सरकारका प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले उद्घाटन गर्नुभएको छ । जिल्लाका १२ वटै स्थानीय तह लगानी, रेसुंगा नगरपालिको समन्वय र मन्त्री ज्ञवालीको सहयोगमा जिल्लामै पीसीआर प्रयोगशाला स्थापना गरिएको हो । प्रयोगशाला उद्घाटन गर्दै मन्त्री […]