भेरी अस्पताल नेपालगन्ज र स्थानीय पालिकाका जनप्रतिनिधि बीच अन्तरक्रिया

  ।   २०८० चैत्र २६, सोमबार ११:३३

नेपालगन्ज । भेरी अस्पताल र बाँके जिल्लाका स्थानीय जनप्रतिनिधिहरु बीच अन्तरक्रिया कार्यक्रम भएको छ । आईतबार अस्पतालको अवस्थाबारे जानकारी गराउन र थप बिकासगर्न जनप्रतितिधिहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको अस्पताल बिकास समिति अध्यक्ष विरेन्द्र बहादुर शाहले बताउनु भयो । कर्णाली र सदुरु पश्चिम प्रदेशको रिफ्रल अस्पतालका रुपमा रहेको भरी अस्पतालको अवस्थाबारे भेरी अस्पतालका प्रमुख (मेडिकल सुपरिन्टेन्डेन्ट) डाक्टर पवन जंग रायमाझीले प्रस्तुति गर्नुभयो ।

प्रमुख डा. रायमाझीले ३० मिनेट लगाएर संघीय अस्पतालका रुपमा रहेको भेरी अस्पतालको सुरुदेखि अहिलेसम्मको अवस्थाको बारेमा बताउनु भएको थियो । प्रोजेक्टरको प्रयोग गरेर डा. रायमाझीले अस्पतालको तस्विर सहित प्रस्ट्याउनु भयो । वि.सं. १९४७ सालमा काठमाण्डौको विर अस्पतालसँगै भेरी अस्पतालको सुरुभएको तत्थ्य डा. रायमाझीले प्रोजेक्टरद्धारा देखाउनु भयो । बि.सं. २०२२ सालमा तत्कालिन भेरी अञ्चल अस्पतालले ५० सैयामा संचालन गर्न अनुमति पाएर सेवा पु¥याइ रहेको थियो । वि.सं. २०४३ सालमा १ सय ५० सैयामा यस अस्पतालले सेवा पु¥यायो । अहिले पनि यही अवस्थामा चलिरहेको प्रमुख डा. रायमाझीले प्रस्टपार्नु भयो । अहिले बि.सं. २०८० सम्म पुगिसक्दा पनि अवस्था उही २०४३ को जस्तो रहेको डा. रायमाझीले जनप्रतिनिधिहरुलाई सुनाउनु भयो । भेरी अस्पतालको यस्तो बाध्यता रहेको छ । हाल विरामीको चापले गर्दा विरामीको आवश्यक्तालई अनुभूति गरेर १ सय ५० सैया स्विकृत अस्पताल भए पनि २ सय ११ सैया सन्चालन हुँदै आइरहेको छ ।

दरबन्दी उही २०४३ को छ । अस्पतालले धेरै सेवाहरु पुरानै संरचनाबाट दिँदै आएको छ । अस्पतालको नयाँ भवन सम्पन्न भएपनि अहिलेसम्म हस्तान्तरण हुन सकेको छैन । भेरी अस्पताललाई ५ सय सैया बनाउनको लागि अस्पतालले मन्त्रालयमा सबै कागजात पठाए पनि अर्थमन्त्रालयमा सो कागजात रोकिएको अवस्था छ । यो आर्थिक बर्षमा ५ ओटा संघीय अस्पताललाई ५ सय सैयाको अस्पताल बनाउने सरकारको योजना थियो तर भेरी अस्पताल भने छुट्यो । ५ ओटा संघीय अस्पताल मध्य तीन ओटा अस्पताल छानियो, ति तीन अस्पतालहरु जसमा डढेलधुरा अस्पताल, भरतपुर अस्पताल र कोशी अस्पताल ५ सय सैयाको अस्पतालका रुपमा स्तरउन्नती भए । तर भेरी अस्पताल भने हुनसकेन । अस्पतालको नवनिर्मीत भवनमा ३ सय सैया क्षमताको छ तर अहिलेसम्म हस्तारण भने हुन सकेको छैन ।

भेरी अस्पतालको जम्मा झण्डै ११ बिगाहा जग्गा रहेको छ भने अस्पताल हाता भित्रमात्र ५ विगाहा क्षेत्रफल जमिन रहेको छ । भेरी अस्पतालमा जमिनको अभाव नरहेको अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्र बहादुर शाहले बताउनु भयो । अस्पतालमा विभिन्न विभाग जस्तै जनरल सर्जिकलबाट ३० सैया, मेडिकलमा ५०, स्त्री तथा प्रसुतिको लागि ४५ सैया, आई.सी.यु. मा १० सैया, एन आई सी.युमा १० सैया, अर्थो वार्ड २५ सैया, संचनलनमा छन् । जाजरकोटमा भुकम्प गएको बेला अर्थोका विरामीहरुलाई नयाँ भवनमा राखेको अस्पताल स्रोतले जनाएको छ । जसले उपचार व्यवस्थापनमा ठूलो राहत पुगेको चिकित्सकहरुको ठहर छ । सिकलसेल एनोमिया, थालेसियाका विरामीहरुको लागि १० सैया, इमर्जेन्सी वार्डमा २५ सैया र हेमोडाइलासिसमा ६ ओटा मेसिन संचालनमा छन् ।
नेपाल सरकारको स्विकृत दरवन्दी १ सय ४७ जना रहेका छन् भने जसमा भेरी अस्पतालमा कार्यरत कर्मचारीको संख्या ८४ रहेको रिपोर्टमा देखाइएको छ ।

बाँकी सबै काजमा छन् । चिकित्सकको सवालमा नेपाल सरकारको दरवन्दी अन्तर्गत जम्मा ५३ जना हुनुहुन्छ । त्यस मध्यपनि १९ जना चिकित्स छैनन् खाली छ । भेरी अस्पतालको दरवन्दी लिने अन्नेत्र काम गर्ने चिकित्सकहरुको संख्या १३ जना रहेको सो प्रस्तुतिमा उल्लेख छ । नेपाल सरकारले ल्याएका विभिन्न कार्यक्रम अन्तर्गत ९८ जना स्वस्थ्यकर्मी भेरीमा कार्यरत छन् ।
अस्पताल विकास समिति अन्तर्गत दरवन्दी २ सय ६३ जनाको रहेको छ । जसमा स्थायी कर्मचारी ६५ जना छन् । करारमा ७४ जना, दरवन्दी बाहेकका २३ जना अन्य थप कर्मचारी रहेको सो प्रस्तुतिमा उल्लेख गरिएको छ । सुरक्षाकर्मी र गार्डको संख्या १ सय १ रहेको जनाइएको छ । जम्मा २ सय ६३ जनालाई अस्पताले माम्दानी गरेर कर्मचारीको रुपमा परिचालन गरेकोछ ।

महिनामा झण्डै १ करोड रुपैया तलवमामात्र खर्च हुनेगरेको भेरी अस्पताल लेखाले जनाएको छ । जम्मा ६१ जना चिकित्सहरु र १ सय १६ जना नर्स भेरीमा कार्यरत हुनुहुन्छ । देशभरीमा १२ वटा संघीय अस्पताल छन् । सेवाको दृष्टिकोणले सरकारको मुल्यांकन अनुसार भेरी अस्पताल अन्य संघीय अस्पतालहरुमा सबै भन्दा उत्कृष्ठ भएको सो रिपोर्टमा छ । भेरी अस्पतालले बिभिन्न सेवाहरु संचालन गर्दै आएको छ । सिकल सेलमा यस अस्पतालले लामो समयदेखि निशुल्क सेवा दिदै आएकोछ । कुपोषित बाबालिकाहरुलाई महिनौ दिनसम्म भर्ना गरेर पौष्टिक आहार निशुल्क प्रदान गर्ने गरेको छ । महिनौ दिनसम्म पनि अस्पतालले बालबालिकाहरुका कुरुवहरुलाई पनि राख्ने व्यवस्था गरेकोछ । मेथाडोन कार्यक्रम, सर्पले टोकेका विरामीको उवचार हुन्छ ।

खोप, परिवार नियोजन, टिबीका बिरामीहरुको उपचार, आमा सुरक्षा कर्यक्रम, गर्भपतन, आँग खस्ने समस्या, हाइड्रोसिलको सल्यक्रिया, एच.आई.भीं एड्सबाट संक्रमित लगायतका विरामीहरु निशुल्क उपचार र एन्टिरेविज भेक्सिन लगायतमा उपचार गर्दै आएका छन् । यो मौसमा कुकुरले टोकेर अस्पताल आउनेहरुको संख्या बढ्दोछ । समयमा एन्टिरेविजको भ्यक्सिन नपाएर चौतर्फी गुनासो छ, मेसु डा. रायमाझीले गुनासो राख्नु भयो । यो अस्पतालले मुटुरोगको सल्यक्रिया गर्छ, क्यथल्यव जसमा नेपाल सरकारले १ लाख बराबरको निशुल्क सुविधा दिने गरेकोछ । न्यूरोको सल्यक्रिया, मृगौलाको सल्यक्रिया, आन्द्रा भुडीको सल्यक्रिया, सिटिस्क्यान सेवा, एम.आर.आई जस्ता सेवा अस्पतालले दिदै आएकोछ ।

गत आर्थिक बर्षमा मात्र अस्पतालले २ लाख भन्दा बढी बिरामीहरुले सेवा लिएको अस्पतालले जनाएको छ, जसमा इमेर्जिसीमा मात्र करिव २८ हजार भन्दा बढीले सेवा लिएका छन् । तीन हजार भन्दा बढी सल्यक्रिया भएका छन् । ५ हजार ५ सय भन्दा बढीले प्रसुति सेवा लिएको अस्पतालले जनाएको छ । बाँके जिल्लाका बिभिन्न पालिकाहरुबाट सेवा लिने सेवाग्राहीहरुको तथ्यङ्क पनि अस्पतालले सार्वजनिक गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाबाट ५० हजार भन्दा बढी, कोहलपुर नगरपालिकाबाट ११ हजार भन्दा बढी, खजुरा गाउँपालिकाबाट ११ हजार भन्दा बढी, राप्तिसोनारी गाउँपालिकाबाट ८ हजार भन्दा बढी, बैजनाथ गाउँपालिकाबाट ७ हजारभन्दा बढी, डुडुवा गाउँपालिकाबाट ६ हजारभन्दा बढी, जानकी गाउँपालिकाबाट ५ हजारभन्दा बढी र नरैनापुर गाउँपालिकाबाट १ हजार ६ सय भन्दा बढी विरामीहरुले १० महिना यता सेवालिएको भेरी अस्पतालको तथ्यंङ्कले देखाएको छ । प्रस्तुतिको अन्त्यमा अस्पताल प्रमुख डा. रायमाझी बिमा कार्यक्रम र भवन हस्तान्तरणमा जोडदिदै जनप्रतिनिधिहरुलाई यस तर्फ ध्यनाकर्षण गराउनु भयो ।

अस्पताल प्रमुख डा. रायमाझीको प्रस्तुति लगतै बिभिन्न पालिकाका प्रमुख÷उप्रमुखहरुले आ–आफ्नो धारणा राख्नुभयो । जिल्ला समन्वय समिति बाँकेका सभापति ज्ञानेन्द्रकुमार चौधरीको प्रमुख अतित्थ्यतामा गरिएको अन्तरक्रिया कार्यक्रमा सबै पलिकाका प्रमुखहरुले आफ्नो  प्रतिबद्धता सहितको बिचार राख्नु भएको थियो । प्रमुख अतिथि चौधरीले आप्mनो तर्फबाट गर्ने सबैकाम प्रतिबद्ध भएर लाग्ने बताउनु भयो ।

नेपालगन्ज उपमहानगर पालिकाका प्रमुख प्रशान्त बिष्टले नेपालगन्ज उपमहानगरपालिकाले प्रतिबर्ष १० लाखभन्दा बढी रकम भेरी अस्पताललाई छुट्टाउने प्रतिबद्धता गर्नुभयो । त्यस्तै कोहलपुर नगरपालिकाका प्रमुख पुर्णप्रसाद आचार्यले अस्पताल जस्तो संबेदनशील क्षेत्रका लागि आफुले सहयोगको लागि पहलगर्ने बताउनु भयो । प्रमुख आचार्यले काजमा बसेका चिकित्सक र नर्सहरुलाई जसरी पनि हाजिर गराउने तर्फ लाग्नुपर्ने बताउनु भयो । राप्तिसोनारीका अध्यक्ष तप्तराज पौडेलले अस्पतालको गुणस्तरमा ध्यानदिनुपर्ने कुरामा जोड दिनुभयो । उहाँले भन्नुभयो,‘तपाईहरुले गुस्तरमा ध्यान दिनुहोस्, हामीले कहाँ के गर्नु पर्ने हो प्रपोजल सहित आउनुहोस् । हामी सहयोग गर्छौ । खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले आप्mनो पालिकाबाट अस्पतालका लागि गर्नुपर्ने सहयोग गर्ने बताउनु भयो ।

अस्पताल बिकास समितिका सदस्य तथा पत्रकार डा. डक्टप्रसाद धितालले जनप्रतिनिधिहरुको ध्यान अस्पताल तर्फहुनु पर्यो भनेर ध्यानार्कषण गराउनु भयो भने नर्सिङ प्रमुख दुर्गालक्ष्मी श्रेष्ठले कार्यक्रम गर्नुको मुख्य कारण खुलाउनु भयो । उहाँले भन्नुभयो,‘हामीसँग कर्मचारी कमछन्, तपाइहरुले पुर्ति गर्नुहोस् । हामीलाई पैसा हैन जनशक्ति पठाउनु होस् । जनशक्ति भए पुग्छ ।’

कार्यक्रमको समापन गर्दै विकास समिति अध्यक्ष शाहले भेरी अस्पताललाई सबैले केन्द्र बनाएर जान आग्रह गनुभयो । अध्यक्ष शाहले अन्तरक्रिया कार्यक्रमलाई महत्व दिएर आउनुभएका जनप्रतिनिधिहरुलाई धन्यबाद दिनुभयो । कार्यक्रम संचालन अस्पताल प्रशासक इश्वरी केसीले गर्नुभएको थियो ।

Next Post

देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

२०८० चैत्र २६, सोमबार ११:३३
काठमाडौँ, । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगी–व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वित्तीय प्रणालीको स्वस्थ र सवल नियमनलाई उच्च प्राथमिकतामा राख्ने र निजी क्षेत्रलाई उच्च […]