संवैधानिक आयोगका नियुक्तिबारे नेकपा–कांग्रेसका शीर्ष नेताबीच बिहीबार छलफल हुने

  ।   २०७७ भाद्र ३१, बुधबार १७:०६

काठमाडौं । सत्तापक्ष र प्रमुख प्रतिपक्षका शीर्ष नेताबीच संवैधानिक आयोगको रिक्त पदमा नियुक्तिलगायत समसामयिक विषयमा बिहीबार छलफल हुने भएको छ।

प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष केपीशर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान भएको भेटवार्ताले बिहीबार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहितको उक्त बैठक तय गरेको नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो।

नेकपाको यही भदौ २६ गते सहमतिका साथ निर्णय भई स्थायी कमिटीको बैठक सम्पन्नपछि अध्यक्षद्वयले अन्तरपार्टी सर्कुलर जारी गरी सरकार र पार्टीका कामलाई थप व्यवस्थित र प्रभावकारी बनाउने सङ्कल्प गरिसकेका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अध्यक्षद्वयबीच नियमितजसो भेटवार्ता र छलफल हुने क्रममा आज पनि भेटवार्ता भएको जानकारी दिनुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्त, निर्वाचन आयोगका केही आयुक्तसहित विभिन्न संवैधानिक आयोग तथा केही विश्वविद्यालयमा उपकुलपति र पदाधिकारी रिक्त रहेको स्थितिमा सरकार र प्रतिपक्षबीच छलफल तथा सहमतिपछि नियुक्तिको प्रक्रिया अघि बढ्ने जनाइएको छ। सेतोपाटी

Next Post

नेकपा सचिवालयको बैठक पेरिसडाँडामा बस्ने

२०७७ भाद्र ३१, बुधबार १७:०६
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक आह्वान गरेको छ । सचिवालय बैठक शुक्रबार बिहान ११ बजे जनसंगठनहरूको कार्यालय रहेको स्थान पेरिसडाँडामा बस्नेगरी तय भएको एक सदस्यले बाह्रखरीलाई जानकारी दिनुभयो । नेकपाको सचिवालय बैठक पहिलोपल्ट पेरिसडाँडामा बस्न लागेको हो । पार्टी एकतालगत्तै नेकपाले धुम्बाराहीलाई मुख्यालय र पेरिसडाँडामा जनसंगठनहरूको […]