चौतारीले गरेको अन्तरक्रिया कार्यक्रममा पत्रकारले भने ´जनप्रतिनिधि तर्सिन भएन`

  ।   २०८० माघ २३, मंगलवार ०८:००

नेपालगन्ज । स्थानिय सरकारका जनप्रतिनिधि तथा सञ्चारकर्मीले एक आपसकाे भावना बुझेर मिलेर समग्र विकासमा हातेमालाे गर्नु पर्ने एक कार्यक्रममा जाेड दिईएकाे छ । पत्रकारले जनप्रतिनिधिहरुलाई नतर्सिन आग्रह गरे । अधिकांश पत्रकारका नेताहरूले भने,´ जनप्रतिनिधिहरु पत्रकारसँग नतर्सिनु होस् । तपाइँहरू र हामीहरु बीचको सम्बन्ध प्रगाढ गर्न लागौं । दुबै पक्ष मिलेर समाजको विकास गरौं ।`

प्रेस चौतारी नेपालको २६ ओैं स्थपना दिवसको अवसरमा सोमबार आयोजित मिडियाको दिगोपनका लागि जनप्रतिनिधिको भुमिका विषयक अन्तरक्रिया तथा पुरस्कार वितरण कार्यक्रममा सो कुरामा जाेड दिईएकाे हाे ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य दुर्गाबहादुर चौधरीले प्रदेश र स्थानीय सरकारले मिडिया र सरकारबिच सहकार्य र समन्वय जरुरी भएको बताउँदै आवश्यक्ता अनुसार नीति नियम निर्माण गरि अगाडि बढ्नु पर्ने बताउनु भयो ।

यसैगरी कार्यक्रमका विशिष्ट अतिथि नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले एक हफ्ता भित्र सञ्चार विधि बनाएर संस्थागत रूपमा सम्पुर्ण सञ्चारसँग हातेमालो गरेर अगाडि बढने प्रतिबद्वता व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिका (तुफान) ले स्थानीय सरकार र पत्रकारसँग मिलेर सहकार्य गर्न नितिगत रूपमा सञ्चार निति बनाई छिट्टै संस्थागत सहकार्य गरि अगाडि बढ्दा हामीलाई पनि सहज हुने बताउनु भयो ।

कार्यक्रममा प्रेस चौतारीका संस्थापक उपाध्यक्ष शिव डोटेल, नेपाल पत्रकार महासंघका उपध्यक्ष सगीन शर्मा, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य डा. डक्ट प्रसाद धिताल, प्रेस युनियन बाँकेका अध्यक्ष प्रीयास्मृती ढकाल गायतले शुभकामना सहित सञ्चार क्षेत्रमा देखिएकाे समस्या बारे आ-आफ्नाे धारणा राख्नु भएको थियो ।

प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकायको अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रममा रेशम विरही पत्रकारिता पुरस्कारबाट नगद सहित दैनिक नेपालगन्जका प्रकाशक सम्पादक झलक गैरे तथा पत्रकार सरला सुबेदीलाई कदर पत्रबाट सम्मानित गरिएको थियाे । कार्यक्रम सञ्चालन सचिव कमल डाँगीले गर्नु भएको थियो ।

Next Post

भेरी अस्पतालमा स्वागत अनि बिदाई

२०८० माघ २३, मंगलवार ०८:००
नेपालगन्ज । भेरी अस्पताल समिति सदस्य र नायब सुब्बालाई स्वागत गरिएको छ भने प्रशासन अधिकृतलाई बिदाई गरिएको छ । अस्पताल बिकास समिति सदस्य डा. डक्ट प्रसाद धिता, किरण आचार्य, समिर गुरुङ, नायव सुब्बा बुद्धिमान बिष्टलाई स्वागत र प्रशासन अधिकृत भोज बहादुर योगीलाई बिदाई गरिएको हो । लामो समयदेखि रिक्त रहेको […]