बहराईनका राजकुमारसहितको टोली नेपालका हिमाल आरोहण गर्न हिड्यो

  ।   २०७७ भाद्र ३१, बुधबार ०७:१७

काठमाडौं । बहराइनका राजकुमार सहित १८ जनाको टोली लोबुचे र मनास्लु हिमाल आरोहणका लागि नेपाल आउँदै छ। यहि उद्देश्यसहित मंगलबार राति उनिहरु नेपाल प्रस्थान गरेको बहराइनमा अवस्थित नेपाली दूतावासले जनाएको छ।

बहराइन Royal Guard (डिफेन्स फोर्स) मा कार्यरत १५ जना बहराइनका नागरिक तथा ३ जना बेलायती नागरिक रहेको सो टोली शेख ईशा एयरबेसबाट विशेष विमानबाट नेपाल प्रस्थान गरेको हो।

२ महिनाको कार्यक्रमसहित नेपाल प्रस्थान गरेको सो टोलीले लोबुचे र मनास्लु हिमाल आरोहणलाई पूर्व तयारीको रूपमा लिंदै सन् २०२१ मा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने छ।

सो​ टोलीलाई आरोहणका लागि नेपाल आउन दिने प्रस्ताव सम्बन्धमा मिति २०७७/०५/१४ मा नेपाल सरकार “मन्त्रिपरिषद्” को निर्णय भएको थियो। उक्त टोलीले नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य सम्बन्धी सम्पूर्ण protocol पालना गर्नेछ।

उनीहरुलाई नेपाली राजदूत पदम सुन्दास, नियोगको द्वितीय सचिव अरूणा घिसिङ लगायतले बिदाइ गर्नुभएको थियो । थाहाखबर

Next Post

देशभरको मौसम बदली स् आज पनि केही ठाउँमा ठूलो पानी पर्ने

२०७७ भाद्र ३१, बुधबार ०७:१७
काठमाण्डौ । देशभरको मौसम बदली भएको छ । अहिले प्रदेश नम्बर १ र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी परिरहेको मौसमविद्ले बताएका छन् । देशका अरु ठाउँमा पनि सामान्य बदली भइ हल्कादेखि मध्यमखालको पानी परिरहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार मनसुनी न्युनचापीय रेखाको प्रभावका कारण पानी परेको […]

सम्बन्धित शीर्षक