देशभरको मौसम बदली स् आज पनि केही ठाउँमा ठूलो पानी पर्ने

  ।   २०७७ भाद्र ३१, बुधबार ०७:४९

काठमाण्डौ । देशभरको मौसम बदली भएको छ । अहिले प्रदेश नम्बर १ र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी परिरहेको मौसमविद्ले बताएका छन् ।

देशका अरु ठाउँमा पनि सामान्य बदली भइ हल्कादेखि मध्यमखालको पानी परिरहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार मनसुनी न्युनचापीय रेखाको प्रभावका कारण पानी परेको हो । आज दिउँसो पनि देशभर सामान्य बदली भइ केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।

गण्डकी र प्रदेश ५ का केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति देशका धेरैजसो ठाउँको मौसम बदली भएर हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् श्रेष्ठले बताउनुभयो ।

ठूलो पानी पर्ने सम्भावना भएका ठाउँका नदीमा पानीको बहाब बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने तथा यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । उज्यालो अनलाइन

Next Post

स्वास्थ्य मन्त्रालयलाई सर्वोच्चले सोध्यो : पीसीआर परीक्षणमा किन शुल्क ?

२०७७ भाद्र ३१, बुधबार ०७:४९
काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरस (कोभिड– १९) परीक्षणका लागि गरिने पीसीआर निःशुल्क गर्न माग गर्दै दायर रिटमा स्वास्थ्य मन्त्रालयसँग जवाफ माग गरेको छ । न्यायाधिश हरि फुयाँलको इजलाशले पीसीआर परीक्षणमा शुल्क किन लिइएको हो सोबारे लिखित जवाफ पेश गर्न आदेश गरेको छ । आइतबार अधिवक्ताद्वय केशरजंग केसी र लोकेन्द्र […]