सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ६ रेक्टरको भुकम्प गयो

  ।   २०७७ भाद्र ३१, बुधबार ०७:१३

नेपालगन्ज । बुधबार बिहानै सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु बनाएर ६.० रेक्टर स्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंका प्रमुख मोनिका झाका अनुसार बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोको राम्चे केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु बनाएर भूकम्प गए पनि काठमाडौं उपत्यका सहित त्यस क्षेत्रको आसपासका जिल्लामा यसको शक्तिशाली धक्का महसुस गरिएको सूचना प्राप्त भएको ।
काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएपछि मानिसहरु बिहानै सडकमा निस्किएका थिए ।

राष्ट्रिय भूकम्प केन्द्रका अनुसार यो २०७२ सालको गोरखा भूकम्पकै पराकम्प हो । भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी भने प्राप्त भएको छैन ।

 

Next Post

बहराईनका राजकुमारसहितको टोली नेपालका हिमाल आरोहण गर्न हिड्यो

२०७७ भाद्र ३१, बुधबार ०७:१३
काठमाडौं । बहराइनका राजकुमार सहित १८ जनाको टोली लोबुचे र मनास्लु हिमाल आरोहणका लागि नेपाल आउँदै छ। यहि उद्देश्यसहित मंगलबार राति उनिहरु नेपाल प्रस्थान गरेको बहराइनमा अवस्थित नेपाली दूतावासले जनाएको छ। बहराइन Royal Guard (डिफेन्स फोर्स) मा कार्यरत १५ जना बहराइनका नागरिक तथा ३ जना बेलायती नागरिक रहेको सो टोली […]