सुरज प्रशाद भट्ट
म चिटिक्क पहिरन,शिरमा टोपी र
पाउमा बुट लगाई देश र जनताको
सेवक बनेर गर्वका साथ भन्छु,
धर्ती मिल्छ , माटो मिल्छ
म सशस्त्र प्रहरी हो म भित्र
यो सिँगाे देश मिल्छ।
कर्तव्य र अनुशासन साँक्षी राखेर
बेइमानका पँखेटाहरु काटी
स्वाभिमानका पाइला चाल्दै गरेको
म त्यो सशस्त्र प्रहरी हुँ जसको ,
देश छातीमा, जिम्मेवारि काँधमा छ
र यो देश र जनताको सुरक्षाका निम्ति
मेरो उपस्थिती हरेक दिनमा छ रातमा छ ।।
म बिर्सिन्छु भोक, तिर्खा र थकान
जब सम्झनामा झलीझली आउँछ्न ती
कलिला नानिबाबु, दाजुभाई, दिदिबहिनी
आमा-बाहरु जसलाई मैले मेरो ज्यानको प्रवाह नगरि नयाँ जीवन दिन सफल भए ।।।
अशान्तिको जरा उखेलेर
शान्तिको दियो बाल्न
बम,बारुद, विस्फोट सँग खेल्न तयार हुने
म त्यो सशस्त्र प्रहरी हो
जसको काँधमा छ जिम्मेवारि सीमाको रक्षा गर्ने
र नियम र कानुनको परिधिभित्र रहि
नेपाल आमाको रक्षा गर्ने ।।।।
स-साना देखि ठूलाबडाको हेरचाह मैले गर्छु
आपत विपत परेको बेला बचाव मैले गर्छु
नियम मान्छु म देशको कानुन मान्छु
र कर्तव्यनिष्ठ भएर आफ्नो पेसामा
बफादारी पुर्वक देश र जनताको
सेवामा अडिक रहन्छु ।।।।।
पुग्न सक्छु मेरो अभाव खड्किएको ठाउँ सम्म
मलम पट्टी लाउन सक्छु दु:खिको घाउमा
म सुधार्न सक्छु देशको आर्थिक स्थिती
निर्मुल पार्न सक्छु ठगी,छली र भ्रष्टाचारलाईलाई
नजिक बाट नियाल्न सक्छु देशका सम्पदाहरु
र साकार पार्न सक्छु सुन्दर शान्त विशाल नेपाल नारालाई।।।।।। ( दार्चुला- लेकम 02)