बाँके युनेस्कोद्धारा गुलरियामा बिद्यार्थिलाई सिकाईमा परिवर्तन सम्बन्धि परामर्श

  ।   २०८० माघ १२, शुक्रबार १६:४७

नेपालगन्ज,  । बर्दियाको गुलरिया नगरपालिका वडा न ११ गौरी शंकर माध्यमिक बिद्यालय डल्लापुरका बिद्यार्थीहरुकालागि एक दिने सिकाईमा परिवर्तन, जिवन उपयोगी सीप तथा करियर बिकास सम्बन्धि उत्पे्ररणात्मक परामर्श कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रमको सहजिकरण सिटिएस नेपालका रबि किरण श्रेष्ठले गर्नु भएको थियो । उहाँले सहजीकरण गर्दै सिकाईका परिवर्तन ल्याएर जीवनउपयोगी सिप सिक्ने कुरालाई प्राथमिकतामा राखेर करियर विकासलाई केन्द्रविन्दुमा राख्नु पर्ने कुरा बताउनुभयो ।

उक्त कार्यक्रममा शसक्त बालिका परियोजनाका परियोजना प्रमुख गोबिन्द प्रसाद लामिछानेले बिद्यार्थीहरुलाई परिक्षामुखि मात्र नभई पढाईलाई जग बलियो बनाउन र प्रतिष्पर्धामा आउनको लागि माध्यम बनाउनु पर्ने कुरामा जोड दिनुभयो ।

उहाँले फाउन्डेसनमा जोड दिने र अतिरिक्त कृयाकलाप सहित समसामयिक सुचनाहरुको अपडेट समेतको सिकाईलाई प्राथमिकता दिनु पर्ने र सकारात्मक व्यवहार र बालविवाह न्युनिकरण तथा यसबाट पर्ने प्रभावका बारेमा सचेतना जगाउन बालक्लवले भुमिका निर्वाह गर्नु पर्ने बताउनुभयो । सो कार्यक्रम प्लान ईन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लवको साझेदारीमा संचालन भएको थियो । सो कार्यक्रममा सहभागि विद्यालयका विद्यार्थिहरुले सिकाईमा परिवर्तन र जीवनउपयोगी सिपका बारेमा विभिन्न प्रकारका जिज्ञासाहरु राखेका थिए ।

Next Post

म अनि म भित्रको उनि

२०८० माघ १२, शुक्रबार १६:४७
सुरज प्रशाद भट्ट बिहानीको सूर्याेदय सँगै जब म बिउँझिन्छु उनलाई मेसेज गरेर मेरो दिनको सुरवात हुन्छ चौबीस घण्टाको दौरानमा हामी बिच थुप्रै बात हुन्छ। सर्बगुणले भरिपुर्ण खै कसरी गर्नु र                            उनको सुन्दरताको बयान उनी धर्तीकि परि, आकाशकि […]