सामुदायिक महिला स्वयंसेविका दिवस

  ।   २०८० मंसिर २०, बुधबार ०७:०२

नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा २०औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ । ‘स्वास्थ्य क्षेत्रको दिगो विकास, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले महिला स्वयंसेविकहरुको सक्रियताको कारण स्वास्थ्य सम्बन्धी सूचकमा सुधार आएको बताउँदै उहाँले महिला स्वयंसेविकाको सक्रियताका कारण नरैनापुर गाउँपालिका देशकै उत्कृष्ट पालिका बन्न सकेको भन्दै बधाई दिनु भएको थियो । महिला स्वयंसेविकाले गरेको कामको उच्च मूल्याङ्कन गरेकोले बिशेष प्याकेज ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै नरैनापुर वडा नम्बर २ का वडा अध्यक्ष मसुद अहमद शाहले स्वयंसेविकाले समुदायका कुना कुनामा स्वास्थ्यको पहुँच पुराएको बताउनु भयो ।

प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले महिला स्वास्थ्य स्वयंसेवीकाको भूमिका निरन्तर रूपमा रहेको र यो अत्यन्तै महत्त्वपूर्ण रहेको बताउनु भयो । उहाँले स्वास्थ्य सेवालाई घरघरमा पुर्‍याउन र अझ फराकिलो बनाउनु आवश्यक रहेको कुरा औँल्याउनु भयो । नेपालको स्वास्थ्यको अवस्थाका बारेमा स्वयमसेवीकाले विश्व सामु फैलाएको जिकिर गर्दै उहाँले भन्नुभयो ´महिला स्वास्थ्य स्वयंसेविका स्वास्थ्यका संवाहक हुन् ।`

गंगापुर स्वास्थ्य संस्थाका प्रमुख नबिनले भन्नुभयो ´घरघरमा स्वास्थ्य सुचनाका साथ समय सापेक्ष आवश्यकता अनुसारको सेवाहरु महिला स्वास्थ्य स्वयम सेविकाले पहिलो लहरमा रहेर पुर्‍यएका छन् ।` उहाँले कोभिड १९ मा पनि महिला स्वास्थ्य स्वयंसेविकाले ज्यान जोखिमा राखेर सेवा गरेकोमा प्रशंसा गर्नु भएको थियो ।

नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह रहनु भएको थियो । कार्यक्रमको विशिष्ट अतिथीमा नरैनापुर २ का अध्यक्ष मसुद अहमद शाह, स्वास्थ्य संयोजक नगेन्द्र शाह, जिन्सी शाखा प्रमुख भरत महतो, योजना शाखा प्रमुख प्रकाश अधिकारी, ६ वटै स्वास्थ्य संस्थाका प्रमुख र महिला स्वयंसेविकहरुको सहभागिता रहेको थियो । भने कार्यक्रम सञ्चालन नविनले गर्नु भएको थियो ।

Next Post

मोटरसाइकलले ठक्कर दिदा एक जनाको मृत्यु

२०८० मंसिर २०, बुधबार ०७:०२
नेपालगन्ज । बाँकेको कोहलपुरमा गएराती मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री वृद्धको मृत्यु भएको छ । नेपालगन्ज–कोहलपुर सडकखण्ड अन्तर्गत कोहलपुर नगरपालिका १४ पार्वतीपुर मन्दिर नजिकै मोटरसाइकलको ठक्करबाट बाटोमा हिँड्दै गरेका एक ७० वर्षीय वृद्धको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो । प्रनाउ तिवारीका अनुसार […]