लेखाजोखा तथा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

  ।   २०८० मंसिर १८, सोमबार १९:०८

नेपालगन्ज । ३२औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा आइतबार बाँकेको राप्तीसोनारी गाउँपालिका–२ स्थित कचनापुर स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर तथा लेखाजोखा कार्यक्रम गरिएको छ ।

स्वास्थ्य शिविरमा ६७ जना अपाङ्गता भएका नागरिकले निःशुल्क स्वास्थ्य सेवा लिनुभएको महिला विकास शाखा प्रमुख सम्झना दर्लामीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्राविधिक सहयोगमा सम्पन्न स्वास्थ्य शिविरमा जनरल फिजिसियन, आँखा चेकजाँच, अडियो मेट्रोलगायतका ६७ जना अपाङ्गता भएका नागरिकलाई सेवा प्रवाह गरिएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले अपाङ्गता भएका व्यक्तिमा विशेष क्षमता हुने हुँदा उनीहरूले यथोचित अवसर पाउनुपर्ने बताउनुभयो । उहाँले पालिकाभित्र भएका व्यक्तिलाई छिटोछरितो र सहजरुपमा सेवा दिन प्रतिबद्ध रहेको बताउँदै अपाङ्गता भएका व्यक्तिको आयआर्जनका लागि विभिन्न कार्यक्रम ल्याउनेतर्फ पालिका प्रतिबद्ध रहेको बताउनुभयो ।

पालिका उपाध्यक्ष मनीषा सिंह थारुले अपाङ्गताको आधारमा कसैलाई पनि भेदभाव गर्न नहुनेमा जोड दिँदै अपाङ्गतासम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन कार्यान्वयनमा जोड दिइने बताउनुभयो ।

कार्यक्रममा कार्यपालिका सदस्य केशवराज दमाई, अपाङ्ग सञ्जालका अध्यक्ष यमराम वलीलगायतले आफ्ना धारणा राख्नुभएको थियो । उहाँहरूले अपाङ्गता भएका व्यक्तिलाई अवसर दिनुपर्नेमा जोड दिँदै त्यसयता व्यक्तिलाई दया, माया र करुणाभाव मात्र नदेखाई अवसर दिनुपर्नेमा जोड दिनुभयो ।

गाउँपालिकाको आयोजनामा ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता: अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने नाराका साथ ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

Next Post

एक लाख २५ हजार बराबरको अबैध समान बरामद

२०८० मंसिर १८, सोमबार १९:०८
नेपालगन्ज । बाँकेमा पछिल्लो समयमा भारतबाट भन्सार छलि गरी विभिन्न सामानहरु नेपाल ल्याउने कार्यमा बृद्धि भएको पाइएको छ । तस्करहरुले विभिन्न नाकाको प्रयोग गर्दै भन्सार छलि गरी विभिन्न सामानहरु भारतबाट नेपाल ल्याउने गरेको पाइएको हो । प्रहरीले दैनिकजसो बजार क्षेत्रबाट भन्सार छलि गरी ल्याइएका विभिन्न अवैध सामानहरु पक्राउ गर्ने क्रम […]