नेपालगन्ज म्याराथनमा पन्त र प्रधान आउने

  ।   २०८० कार्तिक २९, बुधबार १९:१३

नेपालगन्ज । पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली महिला पाइलट भावना पन्त र मिस नेपाल वर्ल्ड २०२३ श्रृच्छा प्रधान नवौं धारा नेपालगन्ज म्याराथनमा सहभागी हुनुहुने भएको छ ।

नवौं धारा नेपालगन्ज म्याराथनमा ऐक्यबद्धता जनाउन उहाँहरु दुबै जना नेपालगन्ज आउन लाग्नुभएको आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टिएस ठकुरीले जानकारी दिनुभयो ।

नेपाल एयरलाइन्समा कार्यरत पाइलट भावनाले टिमको नेतृत्व गर्दै अन्तर्राष्ट्रिय नारी दिवस ९फागुन २४, २०७९० मा पहिलो पटक एयरबसलाई काठमाडौं–दुबई–काठमाडौं सफल अवतरण गराउनुभएको थियो । आयोजकका अनुसार उहाँहरु दुबै जनाले नेपालगन्ज म्याराथनका सहभागीहरुसँग सुर्खेतरोडमा ऐक्यबद्धता जनाउनुका साथै अघिल्लो दिन हुने नेपालगन्ज कनक्लेभमा प्यानलिस्ट भएर अनुभव बाँड्नु हुनेछ । साथै महिला सशक्तीकरण सम्बन्धि ‘आकाश धर्ती बराबरी’ सत्रमा सहभागी हुनुहुनेछ ।

क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभगन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको नेपालगन्ज म्याराथन एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश ९एम्स० बाट मान्यता प्राप्त दौड प्रतियोगिता हो । जापानको ओशाकामा भएको २३ औं सभामा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले भाग लिनुभएको थियो ।

“यसले भविष्यमा अन्तर्राष्ट्रिय सम्बन्ध बिस्तार हुने अपेक्षा छ । एम्सबाट ४२।१९५ किमी, २१ किमी, १० किमी र ५ किमी प्रमाणीकरण भएको छ । एम्सको प्रमाणीकरण रुटमार्फत नेपालगन्ज म्याराथनले नेपालकै छैटौं पुरानो सहर नेपालगन्ज र उदीयमान सहर कोहलपुरलाई जोड्ने काम गर्दछ” अध्यक्ष ठकुरीले भन्नुभयो ।

नेपालगन्ज म्याराथनको टाइटल स्पोन्सर प्रतिष्ठित व्यवसायिक घराना केएल दुगड ग्रुपको उत्पादन धारा तेल रहेको छ ।

नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ विजेता बन्नुभएको थियो । त्यसैगरी दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लानिवासी भारतीय गोर्खा सेनामा कार्यरत दुर्गाबहादुर बुढा, चौथोमा नेपाल पुलिस क्लबका भुमिराज राई, पाँचौंमा सेनाका भिमबहादुर साउद, छैठौंमा नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की, सातौंमा एपीएफकै किरणसिंह बोगटी र आठौंमा सेनाकै खडकबहादुर खड्का विजेता बन्नुभएको थियो ।

महिला हाफ म्याराथनतर्फ सातौं र आठौं संस्करणमा गोल्डेन गर्ल सन्तोषी श्रेष्ठ च्याम्पियन बन्नुभएको थियो । त्यसैगरी पहिलोमा एपीएफका कृष्णेस्वरी सिन्तकला, दोस्रोमा एपीएफकी कान्छीमाया कोजु, तेस्रोमा आर्मीकी रेशु बस्नेत, चौथोमा एपीएफकै कान्छीमाया कोजु, पाँचौंमा आर्मीकी पुर्णलक्ष्मी न्यौपाने, छैटौंमा एपीएफकी पुष्पा भण्डारी विजेता बन्नुभएको थियो । दुई संस्करण जित्ने खेलाडी कान्छीमाया कोजु र सन्तोषी श्रेष्ठ हुनुहुन्छ ।

आयोजक क्रियटिभ ह्याण्ड्सले नेपालगन्जमा आगामी मंसिर ९ गते नेपालगन्ज म्याराथनको नवौं संस्करणको आयोजना हुनेभएको छ ।

Next Post

नरैनापुरमा बेवारिसे शव फेला पर्‍यो

२०८० कार्तिक २९, बुधबार १९:१३
बाँके । बाँकेको नरैनापुरमा बिहीबार एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ । नेपालगञ्ज नरैनापुर हुलाकी सडकखण्डमा पर्ने नरैनापुर गाउँपालिका ३ गेगलीनजिक रहेको कल्भर्टमुनि जमेको पानीमा डुबेको अवस्थामा अन्दाजी ५० बर्षीय पहिचान नखुलेको एक पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो […]