भुकम्प प्रभावित जिल्लामा निशुल्क भोजन

  ।   २०८० कार्तिक २४, शुक्रबार २१:३५

नेपालगन्ज ।  देखी भूकम्प प्रभावित जिल्ला जाजरकोटको खलंगा बजारमा शुरु गरिएको निशुल्क भोजन सेवामा खाना खान जानेहरुको सङ्ख्या बढ्दै गएको छ ।

समानुभूति नेपाल नामक एक सामाजिक संस्थाले शुरु गरेको निशुल्क भोजन सेवामा खाजा र खाना तयार गर्न केही स्थानीयले पनि स्वयंसेवकको रुपमा साथ दिईरहेका छन ।

समानुभूति नेपालका अध्यक्ष तुल्सि श्रेष्ठले खाना खान आउने सर्वसाधारणको भीड देखेर आगामी मंसिरको पहिलो साता सम्म निशुल्क भोजन सेवा दिने योजना आफुहरुले बनाएको जानकारी दिनुभयो ।

उहाँका अनुसार रुकुमपश्चिम सहित जिल्लाका अन्य ठाउँमा पनि निशुल्क भोजन सेवाको शुरुवात गरिदिन माग भई आएको तर आफुहरुले यसबारेमा अहिले नै निर्णय गरी नसकेको बताउनुभयो । आफुहरुको स्वइच्छाले सेवा शुरु गरेपनि अहिले सबैतिरबाट सहयोग समर्थन आईरहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

Next Post

मुगु हत्या काण्डका दुईजना अभियुक्त सार्वजनिक

२०८० कार्तिक २४, शुक्रबार २१:३५
नेपालगन्ज । मुगुको छायाँनाथ रारा नगरपालिका–६ मन्दुगाउँको हत्या घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुगुको छायानाथ रारा नगरपालिका ७ पिना घर भई हाल बाँकेको वैजनाथ गाउँपालिका १ चिसापानी बस्ने ३१ वर्षीय काले भनिने गोर्खराजबहादुर शाही र छायानाथ रारा ६ मन्दु बस्ने ३१ वर्षीय […]