इजरायलमा भएका नेपालिको उद्वारका लागि नेपाल वायु सेवा निगमको जहाज इजरायल पठाउने तयारी

  ।   २०८० आश्विन २४, बुधबार १७:१७

नेपालगन्ज । सरकारले द्वन्द्वग्रस्त अवस्थामा रहेको इजरायलमा भएका नेपालीहरुको उद्धारका लागि बुधबार जहाज पठाउने भएको छ । परराष्ट्रमन्त्रीको सचिवालयका अनुसार राति ११ बजे नेपाल वायु सेवा निगमको जहाज इजरायल पठाउन लागेको हो ।

दुबईलाई ट्रान्जिट बनाएर नेपाल एयरलाइन्सको जहाज इजराइल जान लागेको सचिवालयले जनाएको छ । सामान्य अवस्था नभएकोले चार्टर विमान उडान र अवतरणको अनुमति लिनुपर्ने हुन्छ। सरकारले त्यसका लागि इजरायलबाट स्वीकृति लिइसकेको छ।

गत शनिबार प्यालेष्टिनी विद्रोही समूह हमासले आक्रमण गरी इजरालमा रहेका १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने ४ जना घाइते भएका थिए । विद्रोही समूहको आक्रमणबाट एक नेपाली अहिले पनि बेपत्ता छन् । घरफिर्तीका लागि ३ सय ५० जनाको विवरण दूतावासले प्राप्त गरिसकेको छ ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इजरायलमा नेपाली नागरिकको उद्दारमा नेपाल एयरलाइन्सको जहाज पठाउन भएको ढिलाइबारे सम्बन्धित अधिकारीहरुलाई बोलाई त्यसको जानकारी लिनुभएको थियो । साथै आज कुनै पनि हालतमा जहाज पठाउन निर्देशन दिनुभएको छ ।

Next Post

इजरायलमा रहेका नेपालिहरुलाई ल्याउन नेपाल एयरलाइन्सको जहाज पठाईयो

२०८० आश्विन २४, बुधबार १७:१७
नेपालगन्ज । युद्धग्रस्त इजरायलबाट नेपालीहरुलाई ल्याउन नेपाल एयरलाइन्सको जहाज इजरायल पठाइएको छ । नेपाल वायुसेवा निगमको ‘एननाइन एलवाइजेट’ कलसाइन रहेको वाइडबडी  ए-३३० जहाज आज बिहान ४ बजे इजरायलका लागि उडेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो । उक्त जहाज बेलुका ९:१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। जहाजमा परराष्ट्र मन्त्री एनपि साउद […]