बाँकेको जयन्दु बाल सुधारगृहबाट फरार बन्दि दैलेखमा पक्राउ

  ।   २०८० आश्विन १२, शुक्रबार ११:५१

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयेन्दु बाल सुधारगृहबाट भागेर फरार रहेका एक जना बाल बन्दी समातिएका छन् ।

गत असोज ४ गते राती १० बजे बाल सुधारगृहमा रहेका बाल बन्दीका बिचमा आपसमा झडप हुँदा भागेर फरार रहेका चार जनामध्ये एक जना बाल बन्दी दैलेखबाट समातिएका हुन् । बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार बाँकेबाट खटिएको प्रहरी टोली र दैलेख प्रहरीले महाबु गाउँपालिकाबाट उनलाई पक्राउ गरेको हो ।

दैलेखको महाबु गाउँपालिकाका स्थानीय उनलाई उनको घर नजिकको जङ्गलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको डाँगीले जानकारी दिनुभयो । बिहीबार दैलेखमा पक्राउ परेका उनलाई नेपालगन्ज ल्याइसकिएको छ ।

बाल सुधारगृहबाट भागेका अन्य तीन जना अझै भेटिएका छैनन् । उनीहरूलाई खोज्न प्रहरीले टोली परिचालन गरिएको डिएसपी डाँगीले बताउनुभयो ।

२ सय ५४ जना बाल बन्दी रहेको सुधारगृहमा यसपालिको झडपमा एक जना बाल बन्दीको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए । बाल सुधारगृहमा भएको झडपमा अगुवाइ गरेका ६४ जनालाई अलग राखिएको छ । उनीहरूलाई विभिन्न प्रहरी कार्यालयका एकाइहरूमा राखिएको जनाइएको छ ।

Next Post

विद्यालय समय बाहेक घरमा बालबालिकालाई कसरी पढ्न, लेख्न लगाउने ?

२०८० आश्विन १२, शुक्रबार ११:५१
‘प्रतिस्पर्धामा आउनु एकदम सकरात्मक कुरा हो । मैले पनि भनिरहेको पनि छु, शैक्षिक गुणस्तर सुधारका लागि अरु स्कुललाई सहयोग गर्न जीवन ज्योती स्कुल तयार छ भनेर । अरु स्कुलमा शैक्षिक गुणस्तर सुधार भयो भने त्यही विद्यार्थी जान्छन्, मैले यति धेरै विद्यार्थी लिने भनेर सोचेको थिएन । हामी बढी विद्यार्थी राखेर […]