असार १८ देखि रोकिएको नेकपा स्थायी कमिटी बैठक आज बस्दै

  ।   २०७७ भाद्र २६, शुक्रबार ०८:४६

काठमाडौं । असार १८ गतेदेखि अवरूद्ध सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक शुक्रबार बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको स्थायी कमिटी बैठकमा कार्यदलले तयार पारेको प्रतिवेदन प्रस्तावको रूपमा पेस हुनेछ ।

पार्टी महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार पारेको सुझाव प्रतिवेदनलाई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले हेरफेर गरेर प्रस्तावको रूप दिएका छन् ।

सबै स्थायी कमिटी सदस्यहरूलाई इमेलमार्फत् उपलब्ध गराइसकिएको प्रस्ताव पारित गरेपछि स्थायी कमिटी बैठक आजै टुङ्ग्याउने सम्भावना रहेको स्रोतले जानकारी दियो ।

“आज बैठकमा धेरै कार्यसूची छैनन् । अध्यक्षद्वयले पेस गरेको प्रस्तावमाथि छलफल हुनेछ । अरू विषय उठ्यो भने बैठक लम्बिनसक्छ । अन्यथा आजै टुङ्गिन्छ,” स्रोतले भन्यो ।

असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठक असार १४ गतेको प्रधानमन्त्री ओलीको अभिव्यक्तिपछि मोडिन पुगेको थियो । विवाद उत्कर्षमा पुगेपछि असार १८ गतेपछि स्थगित रहँदै आएको थियो ।

साउन १३ गते बहुमत (३१ जना) स्थायी कमिटी सदस्य बालुवाटारमै भेला भए पनि पार्टी अध्यक्ष प्रचण्डले त्यसलाई जारी बैठकको निरन्तरता नमान्ने बताएका थिए ।

असार १० गतेबाट सुरु भएको बैठकमा १२, १३ गते कार्यसूचीमाथि छलफल भएको थियो । १६ गतेको बैठक प्रधानमन्त्रीको असार १४ गतेको अभिव्यक्तिमाथि केन्द्रित भएको थियो भने १८ गतेको बैठक प्रधानमन्त्री ओलीले संसद् अधिवेशन हठात् अन्त्य गरिदिएपछि अन्यौलमा टुङ्गिएको थियो ।

Next Post

नेपालगन्जका सर्वसाधारण भन्छन् मेयर साबको दादागिरी, मेयर राणा भन्नुहुन्छ, बल प्रयोग गरेरै सडक निर्माण गरिन्छ

२०७७ भाद्र २६, शुक्रबार ०८:४६
रन्जित कुमार चौधरी । नेपालगन्ज कारकादो चोक देखि बसपार्क जाने सडक मै मापदण्ड बिपरित बनेको घरको कारण सडक साघुरो हुने भएको छ । वरपरका अन्य सर्वसाधारणका घर भत्काएर भएपनि सडक बनाउदै आएको उपमहानगरपालिकाले चण्डी प्रधानको घरनिर पुगेपछि मापदण्ड विपरीत बनेको सो घर नभत्काएरै सडक निर्माण गर्न थालेपछि सर्वसाधारणले चर्को बिरोध […]

सम्बन्धित शीर्षक