निर्वाचन आयुक्त अस्पताल भर्ना भएपछि महासचिव पदको मतगणना तीन दिन पछि हुने

  ।   २०८० भाद्र ५, मंगलवार १५:०७

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको महासचिव पदको पुनः मतगणना तीन दिनपछि हुने भएको छ ।

निर्वाचन आयुक्त टिकाजंग सिंह अस्वस्थ भएर अस्पताल भर्ना भएपछि तीन दिनका लागि निर्वाचन सम्बन्धी सम्पूर्ण बाँकी कार्यहरु स्थगित गरिएको हो ।

चिकित्सकको सल्लाहअनुसार तीन दिनसम्म अस्पतालमै भर्ना भएर उपचार गर्नु पर्ने भएकाले तीन दिनसम्मका लागि निर्वाचन सम्बन्धि सम्पुर्ण कार्यहरु स्थगित गरिएको निर्वाचन आयुक्त सिंहले मंगलबार एक सुचनामार्फत जानकारी दिनु भएको छ।

Next Post

केरामा नयाँ रोग ‘पानामा’ भेटियो

२०८० भाद्र ५, मंगलवार १५:०७
संवाददाता । केरामा लाग्ने नयाँ रोग पाना प्रजाति ‘टिआर–४’ फेला परेको छ । टिआर–४ प्रजाति नेपालमा पहिलो पटक फेला परेको हो । कैलालीको टीकापुर क्षेत्रमा यो रोग फेला परेको पुष्टि भएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र खुमलटार, ललितपुरले सोमबार पत्रकार सम्मेलन […]

सम्बन्धित समाचार