नेपालगन्जमा अर्टिजम सेवाको उद्घाटन

  ।   २०८० श्रावण २१, आईतवार १७:३१

सबिता चन्द

नेपालगञ्ज । कर्णाली र सुदुर पश्चिम प्रदेशको केन्द्रका रुपमा रहेको नेपालगन्जमा अर्टिजम भएका बालबालिकाका लागि फिजियोथेरापी सुरु भएको छ । चाइल्ड डेभलपमेन्ट सेन्टर’ को नाममा साउन २० गते सनिवारका दिन नेपालगन्ज-१२ मा अर्टिजम फिजियोथेरापी सुरु गरिएको हो ।

नेपालगन्ज मेडिकल कलेजका वरिष्ठ फिजिसियन डा. असिम किदवाईको सक्रियतामा भारतको दिल्ली, लखनउ र कानपुरमा शाखा रहेको ‘म्याजिक टच चाइल्ड डेभलपमेन्ट सेन्टर’ पहिलोपटक नेपालगन्जमा सन्चालमा आएको छ ।

यही अवसर जुराएर डा. असिमको घरमा औपचारिक उद्घाटन कार्यक्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका निर्देशक डा एम किदवाई, पूर्वमन्त्री मोहम्मद इस्तियाक राई र प्रतिनिधिसभा सदस्य डा.धवल शमशेर राणाले संयुक्तरूपमा सो फिजियोथेरापी सेन्टरको उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा भारतका चर्चित अर्टिजम फिजियोथेरापिष्ट डा. मोहम्मद इरफान नेतृत्वको टीमलाई स्वागत गरिएको थियो ।सो सेन्टरले बालबालिकालाई फिजियोथेरापी सेवा दिने कार्यक्रममा डाक्टर असिमले बताउनु भयो । डा. आसिम किदवाईले भन्नुभयो,´ यसप्रकारको थेरापी यस क्षेत्रमा नहुँदा त्यसका लागि भारतको लखनउ वा काठमाडौँ जानुपर्ने बाध्यता थियो । अब यस्तो समस्याको अन्त्य हुन्छ । भारतका अति नै दक्ष अर्टिजम फिजियोथेरापिष्ट डा. इरफानद्धारा दिइने सेवा अति नै उत्कृष्ट र प्रभावकारी छ । त्यसैले पश्चिम नेपालका तीनवटै प्रदेशका बालबालिकाले राहात पाउनेमा म ढुक्क छु ।`

कार्यक्रममा पूर्वमन्त्री राई, प्रतिनिधिसभा सदस्य डा. राणा र नेपालगन्ज उपमहानगरका उपमेयर कमरुद्दीन राई र सुस्त मनस्थिति अभिभावक सङ्घका अध्यक्ष गोकर्ण आचार्य लगायतले सो बाल विकास सेन्टरलाई सहयोग गर्ने बताउनु भएको थियो । अर्टिजमको कुनै औषधि छैन । यो थेरापीबाट नै निको हुने हो । बाल विकास केन्द्रमा अर्टिजम भएका बालबालिकालाई फिजियोथेरापी, स्पिच थेरापी, अकुपेसनल थेरापी, सङ्गीत चिकित्सा, कला थेरापी, व्यवहार थेरापी, प्राकृतिक चिकित्सा थेरापी आदि दिइने सो कार्यक्रममा जनाइएको थियो ।

Next Post

आँखा पाक्ने रोगबाट बच्न के गर्ने, के नगर्ने ? नेत्र रोग तथा कर्निया विशेषज्ञ डाक्टर राजसी श्रेष्ठ सँग अडियो कुराकानी

२०८० श्रावण २१, आईतवार १७:३१
Dr. Rajashee Shrestha संवाददाता, नेपालगंज । अहिले समुदायमा तिब्र गतिमा आँखा पाक्ने रोग फैलिरहेको छ । यसबाट सबैभन्दा बढी बालबालिका प्रभावित बनेका छन । कतिपय ठाउँमा विद्यालय नै बन्द गरिएको छ । फत्तेबाल आँखा अस्पताल, फुल्टेक्रा नेपालगंजमा आँखा पाकेको उपचारका लागि ओपिडीको पहिलो तलामा छुट्टै विशेष क्लिनिकको ब्यवस्था गरिएको छ । […]