सबिता चन्द
नेपालगन्ज । बाँके नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले शोक व्यक्त गर्नुभएको छ । भारतको श्रावस्तीमा भएको कार दुर्घटनामा परी नेपालगन्जका २ परिवारका ६ जनाको मृत्यु भएकोमा शोक व्यक्त गर्नु भएको हो ।
गए राति भारतको श्रावस्ती जिल्लामा कार दुर्घटना हुँदा नेपालगन्ज सदरलाइन निवासी एकै परिवारका ३५ वर्षीय बैभव गुप्ता, उहाँकी श्रीमती ३२ वर्षीया दिपीका गुप्ता, तीन वर्षीय छोरा डल्लु गुप्ता र छ महिनाकी छोरी श्रीया गुप्ता र नेपालगन्जको त्रिभुवनचोकस्थित एस कुमार वाच कम्पनीका सञ्चालक सन्तोष गुप्ताको छोरा २२ वर्षीय निलान्स गुप्ता साथै २० वर्षीय छोरी सुनिता गुप्ताको मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका कार चालक अजय मिश्रको उपचार भइरहेको परिवार स्रोतले जनाएको छ ।
अध्यक्ष शाहले सामाजिक सञ्जाल मार्फत श्रद्धाञ्जली व्यक्तगर्दै यसरी भन्नुभयो ´भारतको श्रावस्ती जिल्लामा सवारी दुर्घटना हुँदा नेपालगंजका ६ जनाको दुखद् निधनको खबरले मर्माहत भएको छु । दुर्घटनामा परी निधन हुनुभएकाहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु । दुर्घटनामा परी घाइते हुनुभएका गाडी चालकको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’