५ वर्षपछि राष्ट्रिय स्वतन्त्र पार्टीको एकल सरकार कसैले रोकेर रोकिने वाला छैन : रवि लामिछाने

  ।   २०७९ चैत्र २१, मंगलवार १४:३५

संवाददाता ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई मुद्दामाथि मुद्दा हालेर सिध्याउने षड्यन्त्र भइरहेको बताउनुभएको छ ।

चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा उम्मेदवार बन्नुभएका लामिछानेले भरतपुरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै जति मुद्दा हाले पनि आफू नडराउने बताउनुभयो ।

‘जताजता मुद्दा हाल्नुपर्छ हाले हुन्छ, देशमा हालेर पुग्दैन भने विदेशमा पनि हाले हुन्छ’, लामिछानेले भन्नुभयोे, ‘म यस्ता मुद्दाबाट डराउनेवाला छैन । ५ वर्षपछि राष्ट्रिय स्वतन्त्र पार्टीको एकल सरकार कसैले रोकेर रोकिने वाला छैन ।’

आफूले पुराना भ्रष्टाचारको फाइल खोल्ने भनेर संसदमै उद्घोष गरेकाले आफूलाई सिध्याउन भएभरको स्रोत साधन लगाइएको लामिछानेको आरोप छ । आफूले कुनै अपराध नगरेको भन्दै उहाँले आफ्नो अवस्थाबारे कुनै नलुकाइ इमानदारिता पूर्वक बताएको उल्लेख गर्नुभयो ।

आफूहरूले हत्या, हिंसा नगरी, टायर नबली शान्तिपूर्ण विद्रोह गर्दै ६ महिनाको तयारीमा २० जना सांसद लिएर जान सफल भएको लामिछानेको भनाइ छ ।

थाहा खबरबाट

Next Post

Australia bans TikTok from federal government devices

२०७९ चैत्र २१, मंगलवार १४:३५
Correspondent 04 April 2023  Australia has become the last of the “Five Eyes” security partners to ban the Chinese-owned video-sharing app TikTok from its federal government’s devices. Attorney-General Mark Dreyfus said in a statement Tuesday that based on intelligence and security agencies’ advice, the ban would come into effect “as […]