पुरन परियार हिजोआज स्थानीय पालिका अन्तर्गत महानगर, उपमहानगर, नगर र गाउपालिकाहरुको गाउँ सभा गर्ने चटारो छ । यसैक्रममा आइतबार बाँकेको खजुरा गाउँपालिकाको गाउँ सभा धुमधामका साथ सम्पन्न भयो । १२ औँ गाउँ सभा गाउपालिकाका अध्यक्ष डम्बर बहादुर बिक ( तुफान) को अध्यक्षतामा सम्पन्न भएको हो ।
गाउँ सभामा पालिका उपाध्यक्ष मन्जु मल्लले चालू आर्थिक बर्षको नीति, कार्यक्रम तथा बजेटको समिक्षात्मक वक्तव्य प्रस्तुत गर्नु भयो । गाउँ सभाले विभिन्न कार्यक्रम, विधेयक संसोधन सहित पारित गरेको पालिकाका प्रवक्ता धनिराम ओलीले बताउनु भयो । नगर प्रहरी सम्बन्धि विधेयक २०७९, पालिकाको साझेदारी कार्यक्रम तथा व्यवस्थापन विधेयक २०७९ र खानेपानी तथा सरसफाइ स्वच्छतालाई व्यवस्थापन गर्न बनेको विधेयक २०७९ पारित गरेको छ । त्यस्तै गाउपालिकाको साझेदारी कार्यक्रम संचालन तथा व्यवस्थापन गर्ने विधेयक २०७९, स्वस्थ्य तथा सरसफाइ एन २०७८ को परिच्छेद ४ को दफा १०(१) ख सहायक/अधिकृत ५/६ तह (स्व.प./ज.नं.) १ जनाको भन्ने सहायक हटाई अधिकृत मात्र उल्लेख गर्ने र ५/६ को ठाउँमा ६ कायम गर्ने प्रस्ताव पारित गरिसकिएको थियो ।
उपदफा २ मा गाउँपालिका स्वास्थ्य शाखा हेर्ने गाउँपालिका अन्तर्गत कार्यरत हेल्थ इन्स्पेक्सन भन्ने शव्दको सट्टामा स्वास्थ्यकर्मि मध्यबाट कार्य जेष्ठताको आधारमा कार्यपालिकाले तोकेको १ जना स्वास्थ्य शाखा प्रमुख रहने गरि प्रस्तुत विधेयक आइतबार भएको सभाले पास गरेको खजुरा गाउँपालिकाका प्रवक्ता धनिराम ओलीले बताउनु भयो । सो सभामा आर्थिक विकास समितिका संयोजक तथा वडा नम्बर ५ का वडाध्यक्ष गरिवे शेषले आइतबार प्रस्तुत गरिएको रकमान्तर तथा संशोधन हुने शिर्षकहरुमा शुक्रबार भएको सभामा सम्सोधन सहित कार्यक्रमहरु पारित गरिएको छ ।
गाउँ सभा सफलताको साथ सम्पन्न भएकोमा अध्यक्ष तुफानले खुशी व्यक्त गर्नु भयो । खजुराको मुहार बदल्न जनताले दिएको मताधिकारको प्रयोग गर्दै खुजुरा गाउपालिकाका हरेक वडाको कायापल्ट गर्छु अध्यक्ष तुफानले ठोकुवा गर्नु भयो ।