संवाददाता, नेपालगंज।
कोभिड–१९ को विश्वब्यापी महामारीका बेला कृषक र ब्यवासायिलाई जोड्ने माध्यमका रुपमा कृषि पथ नामक मोबाइल एप संञ्चालनमा ल्याईएको छ ।
कृषि पथ मोबाइल एफको आज बाँकेको नेपालगंजमा लुम्बिनी प्रदेशका भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले उद्दघाटन गर्नुभएको हो ।
एप संञ्चालनका लागी नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके, केयर, बीग्रुपले सहकार्य गरेका छन । यो मोबाइल एफबाट डिजिटल कृषि ज्ञान र अनलाइन बजार प्रणालीका बारेमा सहजै जानकारी प्राप्त गर्न सकिने छ ।
‘फोनबाटै ज्ञान, फोनबाटै बजार घरमै बसी कृषि कारोबार’ भन्ने कृषि पथ नामक मोबाइल एफको नारा राखिएको छ ।
अपडेट…




