उपसभामुख पद अन्ततः सत्तारुढ दल कांग्रेसको पोल्टामा, सांसद पुष्पा भुसाल निर्वाचित

  ।   २०७९ असार ३१, शुक्रबार १७:०७

संवाददाता ।

लामो समयदेखि खाली रहेको संसदको उपसभामुख पद अन्ततः सत्तारुढ दल कांग्रेसको पोल्टामा परेको छ । कांग्रेसकी सांसद पुष्पा भुसाल एमालेकी विद्या भट्टराईलाई पराजित गर्दै उपसभामुख निर्वाचित हुनुभएको छ ।

आज भएको निर्वाचनमा खसेको २४२ मध्ये १४८ मत ल्याउँदै भुसाल विजयी हुनुभएको हो । भुसाललाई माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, राष्ट्रिय जनमोर्चा र लोसपाले समेत समर्थन गरेका थिए ।

पराजित एमालेकी भट्टराईले ९३ मत ल्याउनुभएको छ । उहाँलाई एमालेबाहेक राप्रपाले समर्थन गरेको थियो । तत्कालीन उपसभामुख डाक्टर शिवमाया तुम्बाहाम्फेले २०७६ साल माघ ६ गते राजीनामा दिएपछि प्रतिनिधिसभामा नयाँ उपसभामुखको निर्वाचन हुन सकेको थिएन ।

संसदको कार्यकाल नै सकिन लाग्दा भुसाल उपसभामुख निर्वाचित हुनुभएको हो । कानून अध्ययन गर्नुभएका भुसाल वरिष्ठ अधिवक्तासमेत हुनुहुन्छ । उपसभामुख संवैधानिक परिषदको सदस्यसमेत रहने व्यवस्था छ ।

अब संवैधानिक परिषदमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसाल तीनजना रहनुहुनेछ । अर्कोतर्फ प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओली र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना हुनुहुन्छ ।

कामु प्रधानन्यायाधीश दीपक कार्की असोजसम्म रहनुहुनेछ । त्यसबीचमा महाअभियोगको टुंगो नलागेमा हरिकृष्ण कार्की कामु रहनुहुनेछ ।

नेपाल प्रेसबाट

Next Post

लुम्बिनी प्रदेशलाई उपाधि

२०७९ असार ३१, शुक्रबार १७:०७
संवाददाता । डिफेन्डिङ च्याम्पियन लुम्बिनी प्रदेशले १२ औं केन्द्रिय स्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको प्रतियोगितामा लुम्बिनीले १६ स्वर्ण, ११ रजत र ११ कांस्य जित्दै ६ खेल समावेश प्रतियोगितामा समग्रमा टिम च्याम्पियन बनेको हो । दोश्रो भएको बागमती प्रदेशले […]