अधिकारीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन, मानवता नेपाल बाँकेको अधिवेशन सम्पन्न

  ।   २०७९ चैत्र १५, बुधबार २२:१८

नेपालगन्ज : मानवता नेपालको साधारण सभा तथा अधिवेशनले मधुसूदन अधिकारीको  नेतृत्वमा १३ सदस्यीय समितिलाई निर्वाचित गरेको छ । आज भएको प्रथम अधिबेशनबाट  मधुसूदन अधिकारी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको हो  ।      नव निर्वाचित पदाधिकारीहरुमा उपाध्यक्ष पदमा सुमन गिरी श्रेष्ठ, सचिव पदमा के.पी. घिमिरे, सहसचिव पदमा इन्जिनियर नेत्र प्रसाद सापकोटा, कोषाध्यक्ष पदमा खुश्बु श्रीवास्तव सर्वसम्मत निर्वाचित हुनुभएको छ  । सदस्य पदमा क्रमश नवीन शर्मा पौडेल, अब्दुल अजिज हलवाई, जित बहादुर बि.क. जयेश जङ्ग शाह , पञ्चम गुरुङ, कमला वली, सर्वसम्मत निर्वाचित हुनुभएको हो  । १३ कार्यसमिति हुने उक्त संस्थामा २ दुईजना पछि मनोनीत गरिने बताइएको छ ।  हराएको मानवताको खोजी गर्ने उद्देश्यले स्थापना भएको संस्थाले विभिन्न सामाजिक कामहरु गरिरहेको संस्थाका संस्थापक अध्यक्ष तथा आजको कार्यक्रमका अध्यक्ष अम्बिका काफ्लेले बताउनुभयो ।नेपालगन्ज उपमहानगरपालिकाका कार्यवाहक मेयर कमरुद्दिन राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विभिन्न संस्थाका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।      अध्यक्ष काफ्लेका अनुसार संस्थाले १८ भन्दा बढी बेवारिसे लासको सदगद,गरिबी सुत्केरी महिलाहरुलाई पौष्टिक आहार वितरण, कोभिड महामारीको समयमा माक्स वितरण, निशुल्क स्वास्थ्य शिविर लगायतका कार्यक्रम गरेको बताउनु भयो ।      संस्थाका सचिव कमल शाहीले सञ्चालन गरेको कार्यक्रममा महिला सञ्जाल बाँकेको निवर्तमान अध्यक्ष रेखा गुप्ता, बास नेपालको केन्द्रीय अध्यक्ष लुना बुढाथोकी, बासका कार्यकारी निर्देशक नमस्कार शाह, गैर सहकारी महासंघ बाँकेका सचिव आशिष गुप्ता, कानुन व्यवसायी लोकबहादुर शाह लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।      संस्थाले आफ्नो ४८ जना आजीवन सदस्यहरु बनाउन सफल रहेको सचिव शाहीले बताउनु भयो । आजीवन सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियोे । संस्थाले हालसम्म गरेका कामहरुको भिडियो डकुमेन्ट्री संस्थाको कोषाध्यक्ष सुमन गिरीले देखाउनु भएको थियो । खुल्ला सत्र सकिएपछि निर्वाचन मण्डल गठन गरि सर्वसम्मत तरिकाले पदाधिकारी तथा सदस्यहरुको टुंगोमा पुगेको नवनिर्वाचित अध्यक्ष मधुसूदन अधिकारीले बताउनु भयो । निर्वाचन मण्डल अधिकृतमा उच्च अदालत तुल्सीपुर इजलास नेपालगन्जका अधिकृत कुल बहादुर भण्डारी, सदस्यमा गैर सहकारी महासंघका सचिव आशिष गुप्ता रहेनु भएको थियो ।       

Next Post

अभिभावकको रोजाईमा संस्कारिक स्कुल सोफिया

२०७९ चैत्र १५, बुधबार २२:१८
संवाददाता, नेपालगन्ज  आइतबार मध्यान्न १२ बजे नेपालगन्जको सोफिया रेसिडेन्सियल स्कुलमाप्रिन्सिपल सुशीला बसेलको कार्यकक्षमा छात्रा क्याथ्रीन बसेलको प्रवेश हुन्छ । उनी प्रिन्सिपल बसेलसँग कानेखुसीमा‘आज हाम्रो पिकनिक छ । हामीले पकाएको खाना खानुहुन्छ ?’, अनुमति माग्छिन् । प्रिन्सिपल बसेलको स्वीकृतिले छात्रा क्याथ्रीनको मुहार चम्किलो हुन्छ । एकैछिनमा तीन वटा भाँडामा खाना आइपुग्छ […]