म्यानचेष्टर युनाईटेड र क्रिष्टल प्यालेस तथा लिसेस्टर सिटी र बर्नलीले बराबरी खेल्दै अंक बाँडे

  ।   २०७७ फाल्गुन २०, बिहीबार ०८:०४
unn.prixa.net

काठमाण्डाै | इङ्ग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानमा रहेको म्यानचेष्टर युनाईटेडले क्रिष्टल प्यालेससँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । योसँगै म्यानचेष्टर युनाईटेडको ५१ अंक भएको छ भने क्रिष्टल प्यालेस ३४ अंकसहित १३ औँ स्थानमा रहेको छ ।

यस्तै गएराति भएको अर्को खेलमा तेस्रो स्थानमा रहेको लिसेस्टर सिटीले बर्नलीसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । लिगमा लिसेस्टर सिटीको ५० अंक भएको छ । लिसेस्टर सिटी दोस्रो स्थानमा रहेको म्यानचेष्टर युनाईटेडलाई उछिन्ने दाउमा रहेको छ । यस्तै गएराति नै भएको खेलमा सेफिल्ड युनाईटेडले एस्टोन भिल्लालाई १–० गोलले पराजित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विप्लव नेतृत्वको नेकपा अब खुल्ला राजनीतिमा आउदै

२०७७ फाल्गुन २०, बिहीबार ०८:०४
संवाददाता, नेपालगंज। नेपाल सरकार र नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । सहमति पत्रमा सरकारको तर्फबाट गृहमन्त्री समेत रहनुभएका सरकारी वार्ता टोलीका प्रमुख राम बहादुर (थापा) बादल) र विप्लवको तर्फबाट प्रवक्ता तथा वार्ता टोली प्रमुख खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड) ले […]