बेमौसमी बर्षाका कारण पीडित किसानकै पक्षमा छु : वडा अध्यक्ष हरि प्रसाद पासवान

  ।   २०७८ पुष ९, शुक्रबार १६:१९

संवाददाता, गुलरिया ।

बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष हरि प्रसाद पासवानले वडामा केही ब्यक्तिहरुको अगुवाईमा अराजगता मञ्चाउने भीडले आफु विरुद्ध भ्रम सिर्जना गरेको आरोप लगाउनुभएको छ ।

उहाँले कामकाज गर्न नदिई, अपशब्द बोल्दै अनावाश्यक विवाद सिर्जना गराएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले जुन मिडियामा गलत अफवाह ल्याएका छन, त्यसको म घोर भत्र्सना गर्दछु ।’

वडा कार्यालय पीडित कृषकहरुकै पक्षमा भएकाले कुनै किसिमको विभेद नगरेको उहाँले दाबी गर्नुभयो ।

वडाबाट १ हजार ९९ फर्म नगरपालिकाको कृषि शाखामा सिफारिस गरी पठाएको मध्ये उताबाट ९ सय ७६ जनाको मात्र नामसूची आएको बताउदै छुटेका पीडित किसानलाई राहत क्षतिपुर्ति दिलाउन लागी परेको वडा अध्यक्ष पासवानले बताउनुभयो ।

गएको असोज–कार्तिकमा परेको बेमौसमी बर्षाले धान खेतीमा गराएको क्षति विवरण अनुसार राहतका लागी वडाले वास्तविक पीडित किसानलाई सिफारिस नगरी अन्यलाई सिफारिस गरेको भन्दै केही दिन यता वडामा विरोध भइरहेको छ ।

क्षतिपुर्ति सिफारिसको विवाद स्थानीय प्रशासन सम्म पुगेपछि स्थानीय प्रशासनले पनि चासो दिई राखेको जनाएको छ ।

यता गुलरिया नगरपालिकाले २ पौष २०७८ का दिन क्षति विवरण एकिन गरी आवाश्यक प्रमाण सहित पठाउन नगरका वडा कार्यालयहरुलाई पत्र पठाएको छ ।

 

Next Post

इन्डो–नेपाल रेल सेवा अंग्रेजी नयाँ वर्षबाट सुरु गर्ने तयारी

२०७८ पुष ९, शुक्रबार १६:१९
संवाददाता । इन्डो–नेपाल रेल सेवा अंग्रेजी नयाँ वर्ष अर्थात् सात दिनपछि सुरु गर्ने तयारी भएको छ । टाइम्स अफ इन्डियाका अनुसार भारतको जयनगरदेखि नेपालको कुर्थासम्म ३४.५ किमि रेलसेवा जनवरीदेखि अर्थात् मध्यपुसबाट सुरु हुनसक्ने भएको हो । उक्त रेल नेटवर्कलाई जयनगर–कुर्था, कुर्था–बिजिलपुरा र बिजिलपुरा–बर्दिबास गरी तीन चरणमा सम्पन्न गर्ने जिम्मा इर्कोन […]