गृह जिल्लामा ब्यस्त खेलकुद मन्त्री अथक

  ।   २०७८ आश्विन २९, शुक्रबार ०८:२४

बाँके । नव न्युक्त युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले युवा तथा खेलकुद मन्त्रालय आफ्नो लागी काम गर्ने राम्रो अवसर भएको बताउनु भएको छ । उहाँले यो मन्त्रालयमा अवसर सँगै चुनौती पनि रहेको बताउनु भयो । आफुले युवा तथा खेलजगतमा अनुभुतगर्ने खालको कामगर्ने बताउदै यदि कुनै कारणवस राम्रो काम गर्न नसके पनि नराम्रो भने नगर्ने प्रतिवद्दता समेत जनाउनु भयो । मन्त्री भएपछि पहिलो पटक आफ्नो गृह जिल्ला आउनु भएका मन्त्री अथकले आफ्नो निर्वाचन क्षेत्रमा भएका विभिन्न कार्यक्रममा यस्तै भन्ने गर्नु भएको छ ।
बिहिवार राप्तिसोनारी र नेपालगँजमा गरिएको स्वागत तथा अभिनन्दन कार्यक्रममा मन्त्री अथकले यही प्रतिबद्धता ब्यक्त पुनः दोहोर्‍याउनु भयो । मन्त्री अथकले महिला क्रिकेटको उद्गगम जिल्ला बाँके रहेकोले बाँकेको कोहलपुरमा महिला क्रिकेट एकेडमी सँचालन गर्ने निर्णय भईसकेको स्मरण गराउदै करिव ३५ हजार युवाहरुलाई स्वरोजगार बनाउने लक्ष्य रहेको सुनाउनु भयो । गृह जिल्ला आउनु भएका मन्त्री अथकलाई विभिन्न कार्यक्रममा भ्याईनभ्याई छ । बिहिवार मात्र मन्त्री अथकले राप्तिसोनारीको बैजापुर, फत्तेपुर र नेपालगँजको कार्यक्रम भ्याउनु भएको थियो । मन्त्री अथकले फत्तेपुर शहिदपार्कमा रहेको शहिद बुद्धिवल पुनमगरको शालिकमा माल्यार्पण गरि फत्तेपुरको कार्यक्रममा प्रबेश गर्नु भएको थियो । भने साँझपख वाईसिएल नगर समिति नेपालगँजले आयोजना गरेको वधाई तथा अभिनन्दन कार्यक्रममा सरिक हुनुभयो ।
नेपालगँजमा भएको कार्यक्रममा वाईसिएलका नेपालगँज नगर अध्यक्ष ईमाम खान नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समिति सचिवालय सदस्य अतहर हुसेन फारुकी उद्योग बाणिज्य सँघका निबर्तमान अध्यक्ष नन्दलाल वैश्य माओवादी केन्द्र नेपालगँज नगर कमिटि सचिव आदेश अग्रवाल लगायतले भरपर्दो र आशा लाग्ने युवा नेतृत्व मन्त्री पाएकाले बाँके जिल्लाको बिकासले गति लिने कुरामा बिश्वास ब्यक्त गरे । बिहानको समयमा कोहलपुर क्षेत्रका सिनियर खेलाडीहरु सँग छलफलमा ब्यस्त मन्त्री अथकले बिहिवार दिनभरजसो जनभेटघाटमा समय दिनुभएको मन्त्री अथकको सचिवालयले जाएको छ ।

Next Post

सुझाव माग्दै युवा तथा खेलकुद मन्त्रि महेश्वर जंग गहतराज (अथक)

२०७८ आश्विन २९, शुक्रबार ०८:२४
संवाददाता, नेपालगंज । नेपाल सरकारका, युवा तथा खेलकुद मन्त्रि महेश्वर जंग गहतराज (अथक) केही दिन यता गृह जिल्ला बाँकेमा बेस्त हुनुहुन्छ । दशैं सगैं विभिन्न भेटघाट तथा कार्यक्रमहरुमा सहभागी भईरहनुभएका मन्त्रि अथकलाई आज नेपालगंजमा बधाई तथा अभिनन्दन गरिएको छ । प्रेस सेन्टर नेपाल, बाँके शाखाले आयोजना गरेको कार्यक्रममा मन्त्रि अथकले सबैको […]