साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताको तालिका परिवर्तन

  ।   २०७८ भाद्र ५, शनिबार १६:१६

काठमाण्डौ । १३ औँ साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताको तालिका परिवर्तन भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघले माल्दिभ्समा हुने प्रतियोगिताको तालिका संशोधन गरेको हो । संशोधित तालिका अनुसार अक्टोबर १ देखि १६ तारिख अर्थात असोज १५ देखि ३० गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । नेपालले असोज १५ गते आयोजक देश माल्दिभ्ससँग उद्घाटन खेल खेल्नेछ । यस्तै श्रीलंकासँग असोज १८ गते, भारतसँग २४ गते र बंगलादेशसँग असोज २७ गते खेल्नेछ ।

प्रतियोगितामा पाकिस्तान र भुटान सहभागी हुने छैनन् । पाँच टोलीमध्ये शीर्ष दुईमा रहने टोलीले फाइनलमा प्रतिष्पर्धा गर्नेछन् ।

Next Post

अफगानिस्तानमा सरकार गठनका लागि तालिबानका सह–संस्थापक बरादर काबुलमा

२०७८ भाद्र ५, शनिबार १६:१६
एजेन्सी । अफगानिस्तानमा नयाँ सरकार गठनका लागि तालिबानका सह–संस्थापक मुल्ला अब्दुल गनी बरादर काबुल पुग्नुभएको छ । समावेशी सरकार गठनका लागि तालिबानी नेता बरादरले काबुलको जिहादी नेता तथा अरु मानिसहरुसँग छलफल थालेका तालिबानी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । सन् २०१० मा पाकिस्तानबाट पक्राउ परेका मुल्ला गनी […]