चीनमा कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिँदै

  ।   २०७८ श्रावण १७, आईतवार ०७:३४

काठमाण्डौ । चीनमा कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिँदै गएको छ । पछिल्ला दिनहरूमा विश्वका अरु प्रभावित देश जस्तै नयाँ प्रकारको डेल्टा भेरियन्टबाट सङ्क्रमित हुनेको सङ्ख्या बढ्न थालेको हो।

पछिल्लो २४ घण्टामा मात्रै थप ५५ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये ३० जना व्यक्तिमा स्थानीय रूपमा फैलिएको सङ्क्रमण भेटिएको छ भने बाँकी विदेशबाट पुगेका यात्रुमा भेटिएको चाइना डेलीले जनाएको छ ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार जिआङ्सुुमा १९, हुनानमा ६, चोङकिङमा २ र लियोनिङ, फुजियान र सिचुआनमा एकरएक जनामा सङ्क्रमण पुष्टि भएको हो । चीनको नान्जिङ सहरबाट कोरोना भाइरस अन्त फैलिएको हो ।

गएको जुलाई २० मा नान्जिङ विमानस्थलमा एक जनामा कोरोना भाइरस फेला परेको थियो । त्यसपछि झन्डै दुई सय जना सङ्क्रमित भइसकेका छन् ।

Next Post

दोषीमाथि कारबाही र पीडित पक्षलाई राहत माग गर्दै दार्चुलाका जनप्रतिनिधिले भेटे गृहमन्त्रीलाई

२०७८ श्रावण १७, आईतवार ०७:३४
काठमाडौं । दार्चुलाका जनप्रतिनिधि र विभिन्न पार्टी सम्मिलित प्रतिनिधिमण्डलले गृहमन्त्री बालकृष्ण खाणलाई भेटेका छन्। दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर २ राप्लाको मालघाटमा तुइन तर्ने क्रममा शुक्रबार भएको घटनाबारे उनीहरूले गृहमन्त्री खाणको ध्यानाकर्षण गराएका छन्। स्थानीय जयसिंह धामीको तुइन तर्दै गरेको अवस्थामा भारतीय सीमा सुरक्षा बल एसएसबीले डोरी काटिदिएको भन्दै दार्चुलाका […]