नेपालगन्ज । बाँके युनेस्को क्लबले बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकामा सञ्चालनमा रहेको सरसफाई तथा स्वच्छता कार्यक्रमको अनुगमन गरेको छ । प्लान इन्टरनेसनल नेपालको सहयोगमा सञ्चालन गरिएको आकस्मिक प्रतिकार्य तथा प्रारम्भिक पुनर्लाभ कोष परियोजनाको सो कार्यक्रम अन्तर्गत बर्दियाको बारबर्दिया र राजापुर नगरपालिकाका अति विपन्न कोभिड प्रभावित ६१५ परिवारलाई सरसफाई तथा स्वच्छता सामाग्री वितरण गर्नुका साथै जनेचतनामुलक कार्यहरु पनि सञ्चालन गरिएको छ ।उक्त कार्यक्रम अन्तर्गत हाल भैरहेको जनचेतनामुलक माईकिंग, होर्डिंग बोर्डहरुको अवस्था र हात धुने स्थानहरुको प्रयोगका बारेमा बाँके युनेस्को क्लबको व्यवस्थापन टोलीले स्थलगत अनुगमन गरेर सो बारेमा जानकारी लिएको हो । क्लबका संरक्षक प्रवेज अली सिद्दिकीको नेतृत्वमा कार्यकारी निर्देशक रवि तुलाधर, सल्लाहकार सिराज खान र कार्यक्रम अधिकृत दयाराम चौधरी लगायतको सो टोलीले बारबर्दिया नगरपालिकाको विभिन्न ठाउँमा राखिएका होर्डिंग बोर्ड, जयनगरमा भैरहेको सचेतना माईकिंग तथा पाँच स्थानमा राखिएका हात धुने स्थानहरुको अवस्थाका बारेमा जानकारी लिएको थियो । अनुगमनका क्रममा चेतनामुलक माईकिंग निरन्तर भैरहेको, होर्डिंग बोर्डहरु सर्वसाधारणको ध्यानआकर्षण गर्ने स्थानहरुमा लगाईएको तथा हात धुने स्थानहरुको राम्रो सदुपयोग भैरहेको पाईएको क्लबका संरक्षक सिद्दिकीले बताउनुभयो ।यसअघि बारबर्दियामा ३ सय १५ परिवारलाई सरसफाई तथा स्वच्छता सामाग्री वितरण गरिएको थियो । वितरण गरिएको सामाग्रीमा प्रत्येक परिवारलाई पाँच प्याकेट सर्जिकल मास्क, एक डिजिटल थर्मामिटर, २ बाल्टिन, ८ वटा नुहाउने साबुन, ४ वटा लुगा धुने साबुन, २ साबुदानी, १० प्याकेट सेनेटरी प्याड, ४ वटा पेन्टी, २ वटा सेम्पु, ५०० एमएलको १ बोतल सेनिटाइजर, २ प्याकेट सेनेटरी कपडा र १ किट व्याग लगायतका सामाग्री रहेका थिए । सोही सामाग्री राजापुर नगरपालिकाका पनि ३ सय विपन्न परिवारलाई वितरण गरिएको जनाउँदै क्लबका कार्यकारी निर्देशक रवि तुलाधरले बर्दियाका पाँचवटा एमएफ रेडियोहरुबाट ४ वटा जनचेतनामुलक सन्देश बजिरहेको, नेपाली र थारु भाषामा पोस्टरहरु दुबै नगरपालिकामा घरघरमा पुरयाईएको बताउनुभयो ।
Next Post
नेपालमा कोरोनाको डेल्टा भेरिएन्ट फेला, अन्य तीन भेरिएन्टको चुनौती
२०७८ श्रावण १२, मंगलवार १९:३३
सम्बन्धित शीर्षक
-
२०८० फाल्गुन १९, शनिबार १७:०३
जसले क्रान्तिको नेतृत्त्व गर्छ, उसले नै शान्तिको महत्त्व बुझ्छ : प्रधानमन्त्री
-
२०७७ कार्तिक ६, बिहीबार १४:०७
भारतीय रअ का प्रमुख सामन्तकुमार गोयल र प्रधानमन्त्री केपी शर्मा ओली बीच शिष्टाचार भेट
-
२०७९ कार्तिक २०, आईतवार १६:३१
भोट माग्दै गायक, कलाकार दर्पण कुसुम्या (प्रदेशी चौधरी)
-
२०८० माघ २३, मंगलवार ०८:००
चौतारीले गरेको अन्तरक्रिया कार्यक्रममा पत्रकारले भने ´जनप्रतिनिधि तर्सिन भएन`
-
२०८० माघ १०, बुधबार १७:०३
युवा सहभागिताका लागि कार्यशाला सम्पन्न
-
२०७७ कार्तिक ८, शनिबार १२:००
बाँकेमा थप एक सङ्क्रमितको मृत्यु