चुनावका सबै कार्यक्रम रद्द

  ।   २०७८ असार ३०, बुधबार १६:४७

संवाददाता ।
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य चुनाव २०७८ को चुनाव कार्यक्रम रद्द गरेको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटन गरेर ६ महिनाभित्र चुनाव गर्ने भन्दै कात्तिक २६ र मङ्सिर ३ गतेका लागि चुनावको मिति तोकेको थियो । तर सर्वोच्च अदालतले संसद् पुर्नस्थापना गर्ने फैसलासँगै आयोगले सबै कार्यक्रम रद्द भएको जनाएको छ ।

चुनावका लागि आयोगले केही कार्यक्रम अघि बढाएको थियो भने सरकारले बजेट पनि छुट्याएको थियो ।

Next Post

टोकियो ओलम्पिकको उद्दघाटन मार्चमा नेपालको झण्डा गौरिका सिंहले बोक्ने

२०७८ असार ३०, बुधबार १६:४७
संवाददाता । आसन्न टोकियो ओलम्पिकको उद्दघाटनमा हुने मार्च पासमा पौडीबाज गौरिका सिंहले नेपालको झण्डा बोक्ने हुनुुभएको छ । ओलम्पिक कमिटि एनओसीले उद्दघाटन कार्यक्रममा नेपालका तर्फबाट गौरिकाले झण्डा बोक्ने निर्णय गरेको हो । रियो ओलम्पिकमा सबै भन्दा कम उमेरकी ओलम्पियन बन्नुभएकी गौरिकाको यो दोस्रो सहभागीता हो । यस पटक नेपालबाट ५ […]