एमालेको विधान महाधिवेशन साउन २५ गतेदेखि, भदौ १५ गते गाउँ/नगर अधिवेशन गर्न प्रस्ताव

  ।   २०७८ असार १९, शनिबार १८:०५

काठमाण्डौ । नेकपा एमालेको विधान महाधिवेशन साउन २५ गते गर्ने प्रस्ताव केन्द्रीय समितिमा पेश भएको छ । आज बसेको केन्द्रीय समितिको बैठकमा महासचिव इश्वर पोख्रेलले सांगठनिक प्रतिवेदन पेश गर्दै सबै जिल्लाबाट साउन ५ भित्र सदस्यता विवरण पठाउने र साउन २५ गते विधान महाधिवेशन गर्ने प्रस्ताव गर्नुभएको हो ।

यस्तै भदौ ५ गते वडा अधिवेशन र १५ गते नगरपालिका र गाउँपालिकाहरुको अधिवेशन गर्न प्रस्ताव गरिएको छ । विधान महाधिवेशनको लागि मुख्य नेताहरुलाई विभिन्न जिम्मेवारी दिइएको छ । बैठकमा प्रतिनिधिसभाको चुनाव र एमालेको महाधिवेशन जुध्ने अवस्थामा महाधिवेशनलाई आउँदो बैशाखसम्म सार्न सकिने प्रस्ताव पनि पेश भएको छ ।

हिजो सहभागी नभएको माधव नेपाल पक्ष आजको बैठकमा पनि उपस्थित भएन । कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा गरेको हस्ताक्षर सोमबार साँझभित्र फिर्ता लिन अध्यक्ष ओलीले निर्देशन दिए पनि नेता नेपाल पक्षले भने माग पूरा नभएसम्म हस्ताक्षर फिर्ता नलिने र बैठकमा नजाने अडान लिएको छ ।

नेता नेपालले आज विघटित संसदका सांसदहरुसँग सल्लाह पनि गर्नुभएको छ । एमालेलाई जेठ २ मा जस्ताको तस्तै फर्काएर बैठक बोलाउन नेपाल पक्षको माग छ ।

Next Post

नगरपालिकाले नउठाएपछि फोहोर व्यवस्थापन गर्दै ठाकुरबाबाका युवा

२०७८ असार १९, शनिबार १८:०५
बर्दिया । ठाकुरबाबा नगरपालिकाले फोहोर संकलन नगरेपछि युवाहरुले भुरिगाउँ बजार क्षेत्र सरसफाई गरेका छन्। यस क्षेत्रको फोहोर करिब दुई महिनादेखि उठेको छैन। स्थानीय युवा निर्देश अधिकारीका अनुसार ठाकुरबाबाका सक्रिय युवा, नेपाल रेडक्रस सोसाइटी, हाम्रो मध्यवर्ती राधाकृष्ण बचत तथा ऋण सहकारी, नेपाल प्रहरी, नेपाली सेना, जिम क्लव तथा व्यापारीहरुको सहभागितामा फोहोर […]