पशु चौपाय दुर्घटनाको जिम्मा नेपालगंज उपमहानगरपालिकाले लियो

नगर प्रमुख डाक्टर धवलशम्शेर राणाले पेश गर्नुभएका प्रस्तावहरु सर्वसम्मतीले पारित

  ।   २०७७ माघ १६, शुक्रबार १३:५७

योगेश पाण्डे, नेपालगंज ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले बालबालिका सम्बन्धि ऐन– २०७७ पारित गरेको छ । बिहिवार भएको आठौं नगरसभाले अपांगता भएका ब्यक्तिहरुको अधिकार सम्बन्धि ऐन– २०७७ समेत पारित गरेको हो ।

नगर प्रमुख डाक्टर धवलशम्शेर राणाले पेश गर्नुभएका प्रस्तावहरु नगरसभाले सर्वसम्मतीले पारित गरेको छ । नगरसभाले वडागत बजेट रकमान्त्रण, नगर भवन पुननिर्माण, अस्पतालजन्य फोहोरमैला ब्यवस्थापन लगायतका प्रस्ताव समेत पारित गरेको छ ।

नगरसभामा नगर प्रमुख डाक्टर राणाले नगरभित्र लामो समयदेखि रोकिएर रहेका विकास आयोजना अघि बढेको भन्दै विकासले गति लिएको बताउनुभयो ।

मुख्य सडक र नालीहरुको निर्माण सम्पन्न भएको छ, नगर प्रमुख राणाले भन्नुभयो,– सबै पक्षको साथ र सहयोगमा विकासले फड्को मारेको छ ।

पार्क, सभाहल निर्माणको चरणमा रहेको, ल्याण्डफिल साईट र रंगशाला तथा बसपार्क निर्माण भएको भन्दै उहाँले क्रिकेट रंगशालाको समेत निर्माण सुरु भएको जानकारी दिनुभयो ।

उपप्रमुख उमा थापा मगरले जनताका अपेक्षा पुरा गर्नका लागि आफुहरु लागिपरेको बताउँदै यसबीचमा नगरबासी र कर्मचारीबाट प्रर्याप्त साथ र सहयोग पाएको बताउनुभयो ।

यसैबीच नगरसभाले गतवर्ष नेपालगञ्ज नगरभित्रका छाडा पशु चौपाय ब्यवस्थापनका सम्बन्धमा दुर्घटना भएको भन्दै सम्पूर्ण जिम्मेवारी उप–महानगरपालिकाले लिने निर्णय गरेको छ ।

कर्मचारीहरुले आदेशको पालना गर्नेक्रममा घटना भएका कारण त्यसको सम्पूर्ण जिम्मेवारी उपमहानगरपालिकाले लिने निर्णय नगरसभाले सर्वसम्मत पारित गरेको हो ।

उपमहानगरपालिकाले राम्रो मनसायका साथ काम गरिएपनि दुर्घटनावश घटना भएको जनाएको छ ।

नगरसभामा इन्टिग्रिटी आईडल–२०२० का विजेता जनस्वास्थ्य निरिक्षक आरती चौधरीलाई सम्मान गरिएको छ । चौधरी नेपालगञ्ज १२ मा कार्यरत रहनुभएको छ ।

Next Post

युनेस्कोले आयोजना गरेको दुईदिने अभिमुखिकरण तालिम सम्पन्न

२०७७ माघ १६, शुक्रबार १३:५७
सिराज खान नेपालगन्ज । सामाजिक तथा व्यवहार परिवर्तन सञ्चार अभियानबारे समुदायमा आधारित संस्थाहरुको लागि बाँके युनेस्को क्लबद्धारा आयोजना गरिएको दुई दिने अभिमुखिकरण तालिम शुक्रवार सम्पन्न भएको छ । क्लबले विश्व शिक्षाको आर्थिक सहयोग र एण्टिना फाउन्डेसनको प्राविधिक सहयोगमा बाध्यकारी बालश्रम न्युनीकरणका लागि बाँकेका तीन वटा पालिकामा सञ्चालन गरेको सक्रिय परियोजना […]