हुम्लाको ताँजाकोट गाउँपालिकाका नाका बन्द

  ।   २०७७ कार्तिक १२, बुधबार ०८:४४

हुम्ला । हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाले पाँच दिनका लागि आफ्नो गाउँपालिकासँग जोडिएका सबै नाका बन्द गरेको छ ।

गाउँकार्यपालिकाको निर्णयअनुसार कोरोना सङ्क्रमण जोखिम बढेकाले नाका बन्द गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विशाल ढकालले जानकारी दिनुभयो ।

पालिकाले बाजुरा जिल्लाको कवाडी नाका, मुगुको तीर्थसैनबाट ताँजाकोट गाउँपालिका र माथिल्लो हुम्ला पुग्ने मुख्य नाका पाँच दिनका लागि बन्द गरेको हो।

हुम्लामा नौ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

Next Post

हुम्लाबाट स्वाब सुर्खेत पठाइयो

२०७७ कार्तिक १२, बुधबार ०८:४४
सिमकोट । जिल्ला अस्पताल हुम्लाले मङ्‍गलबार ३२ जनाको पीसिआर परिक्षणका लागी स्वाब सङ्‍कलन गरेको छ । कात्तिक २ गते स्वाब सङ्‍कलन गरी ४ गते पोजेटिभ देखिएका एक अनमी र तीन सशस्त्र प्रहरीसहित उनीहरुको सम्पर्कमा आएका गरेर ३२ जनाको स्वाब सुर्खेत पठाइएको हो । पोजेटिभ देखिएका चार जनासहित उनका सम्पर्कमा आएका […]