नेपाल बुद्धिजीवी परिषदको अधिवेशन सम्पन्न, निमप्रकाश थापाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन

  ।   २०८१ फाल्गुन १७, शनिबार १९:२४

बाँके । नेपाल बुद्धिजीवी परिषद बाँकेकाे नवाै जिल्ला अधिवेशन  सम्पन्न भएको छ । परिषदका केन्द्रीय उपाध्यक्ष गाेपी न्याैपानेकाे प्रमुख आतिथ्यतामा सनिवार सो  अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनमा परिषदका केन्द्रीय सचिव कृष्णकुमार लम्साल, नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद सदस्य तथा पुर्व सभासद दलबहादुर सुनार, एमाले केन्द्रीय सदस्य शान्ति ढकाल, एमाले बाँकेका उपसचिव निर्मला सुनार परिषदका केन्द्रीय सदस्य भुवनेश्वर लामिछाने, लुम्बिनी प्रदेश अध्यक्ष दमनध्वज डिसी, एमाले बाँकेका निवर्तमान उपाध्यक्ष डिल्ली विसी लगायत बुद्धिजीवी परिषद्का सदस्यहरूकाे सहभागीता रहेको थियाे ।

परिषदका बाँके अध्यक्ष  भेषराज भुषालकाे अध्यक्षतामा भएको अधिवेशनकाे बन्दशत्रले निमप्रकाश थापाकाे अध्यक्षतामा नयाँ  कार्य समिति चयन गरेकाे सहसचि शारदा कुमारी केसीले बताउनु भयो ।

थापाको अध्यक्षतामा चयनभएको कार्यसमितिमा उपाध्यक्ष सुमन विश्वकर्मा सचिव प्रदीपश्री अधिकारी उपसचिवमा शारदा कुमारी केसी र अश्विर रावत   काेषाध्यक्षमा नैनसरा जैशी सर्वसम्मत चयन हुनुभएको छ । त्यस्तै सदस्यमा  पत्रकार कमल न्याैपाने,  प्रेेम वली, लालबहादुर राेकाय, घनबहादुर परियार,  प्रेेम बिष्ट, शेषराज लामिछाने, नकेन्द्र कुमार थापा, बिष्नु शर्मा, गणेश खड्का, यज्ञबहालदुर राेकाय चयन हुनुभएको अध्यक्ष थापाले बताउनु भयो ।

Next Post

लक्ष्मी माबिमा सचेतनामुलक झ्याली र नाटक

२०८१ फाल्गुन १७, शनिबार १९:२४
नेपालगन्ज । जलवायु न्याय क्लबको अगुवाईमा कोहलपुरको श्री लक्ष्मी माबिमा जलवायु न्याय सम्बन्धी सचेतना मुलक झ्याली र नाटक प्रर्दशन गरिएको छ । रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा बास नेपालद्वारा सञ्चालीत बालिका शिक्षा कार्यक्रम अन्तरगत उक्त झ्याली र नाटक प्रर्दशन गरिएको हो । जलवायु परिवर्तनले पारेको असर तथा जलवायू […]