नेपालगन्ज । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिकाको अध्यक्ष पदका उम्मेदवार प्रेम बहादुर शाह बिजयी हुनुभएको छ । शाहले ५१ मत प्राप्त गरि बिजयी हुनुभएको हो भने उहाँका प्रतिस्पर्धी वसन्त लामिछानेले १३ मत प्राप्त गर्नु भयो । खुला उपाध्यक्ष मोहम्मद अय्युव सिद्धिकी, उपाध्यक्ष ९दलित० तिरथराम चिडिमार र उपाध्यक्ष ९महिला० मन्दिरा पाण्डे निर्विरोध निर्वाचित हुनुभयो, यस्तै सचिव पदका उम्मेदवार धर्म राज न्यौपानेले ४५ मत र उहाँका प्रतिस्पर्धी प्रविन कुमारले १७ मत प्राप्त गर्नुभयो भने सहसचिवका उम्मेदवार धर्मराज छन्त्याल निर्विरोध निर्वाचित हुनुभयो, कोषाध्यक्षका उम्मेदवार ववी परियार कोरीले ३० मतका साथ बिजयी हुनुभयो भने उहाँ प्रतिस्पर्धी इश्वरी रावत रानाले १९ मत, कल्पना शर्माले १३ मत प्राप्त गर्नुभएको थियो । नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरको पौष १३ गते भएको तेस्रो अधिवेशनको १४ गते बन्द सत्रसँगै पार्टीको विधान अनुसार निर्वाचनमा भएको थियो । आइतबार उपमहानगरका ६८ उम्मेदवारहरुका लागि निर्वाचन भयो । २ सय ७३ प्रतिनिधिले मतदान प्रक्रियाद्वारा ६८ जना सदस्यहरुलाई निर्वाचित गर्नुभयो । आज सोमबार ६८ जना सदस्यहरुले मतदान गरेर पदाधिकारीलाई निर्वाचित गराउनु भएको थियो । शान्तिपूर्ण तरिकाले लोकतान्त्रिक पद्धति अनुसार उपमहानगर समितिको निर्वाचन सम्पन्न भयो । बिजयी उम्मेदवारहरुको सपथ ग्रहण पौष १६ गते साझ ४ बजे हुने अध्यक्ष रतन बहादुर शाहीले बताउनु भयो ।
Next Post
मुस्लिम आयोगद्धारा समुदायका बालबालिकाको शिक्षा प्रति ध्यान दिन अनुरोध
२०८१ पुष १५, सोमबार २२:२३
सम्बन्धित शीर्षक
-
२०७७ भाद्र १२, शुक्रबार १२:२१
प्रेस संगठन बाँकेको कार्यसमिति जुम बैठक भोलि बस्दै
-
२०८० असार २७, बुधबार १०:३७
प्रेस काउन्सिलले बनायो विज्ञ समूह, आचारसंहिता उल्लङ्घनमा विशेष निगरानी
-
२०७८ श्रावण २२, शुक्रबार ०७:५५
ओलम्पिकमा आज ११ खेलका २७ स्वर्ण पदकको भिडन्त
-
२०८० चैत्र ४, आईतवार १५:२७
मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरिन्छ : प्रधानमन्त्री
-
२०७८ फाल्गुन १८, बुधबार १८:१८
साना कम्युनिष्ट पार्टीको निष्कर्ष : प्रचण्ड राष्ट्रघाती दलाल, बाबुराम घुसपैठ
-
२०७९ असार ३१, शुक्रबार १४:४१
पत्रकारितामा बाँके–बर्दिया