क्रियाशिल पत्रकार महिला बाँकेको अध्यक्षमा सावित्री गिरी

  ।   २०८१ पुष ६, शनिबार १८:३८

नेपालगन्ज । क्रियाशिल पत्रकार महिला डब्लु डब्लु जे बाँकेले नयाँ कार्यसमिति चयन गरेको छ । जसको अध्यक्षमा साबित्री गिरी सर्वसम्मत निर्वाचन हुनु भएको छ । क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष अमृता केसीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका अध्यक्ष लिला शाहको प्रमुख आथित्यमा सनिवार नेपालगन्जमा सम्पन्न १२ औ साधारण सभा र छैठौ अधिवेशनले सर्वसम्मत रुपमा अध्यक्षमा साबित्री गिरीलाई चयन गरेको हो ।

यसैगरी उपाध्यक्षमा बिमला चौधरी, सचिवमा अमृता जैशी (निशु), सहसचिवमा सुमित्रा चौधरी र कोषाध्यक्षमा सुमित्रा पण्डित रहनु भएको छ । यसैगरी सदस्यहरुमा  सजल गैरे, सुनिता बर्मा, मन्जु रिजाल, साहिदा बानो, सरला बराल र सविता चन्द ठकुरी लगायत ११ सदस्सिय कार्यसमित चयन भएको डब्लु डब्लु जे बाँकेले जनाएको छ ।

क्रियाशिल पत्रकार महिलाको अधिवेशनमा निर्वतनमा कोषाध्यक्ष निशु जोशिले प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि शाहले पत्रकार महिलाको क्षमता विकासका लागि पहल गर्ने बताउनु भएको छ । उहाँले आफूले जिवनको लामो समय पत्रकारिता क्षेत्रमा विताएकाले अबका दिनमा नयाँ पुस्ता संग हातेमालो गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा क्रियाशिल पत्रकार महिलालाई आर्थिक रुपमा सहयोग गर्ने संस्था तथा व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा मंशिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनबाट निर्वाचित संघ ,प्रदेश र जिल्लाका पत्रकार महिला र केहि पदाधिकारीलाई सम्मान गरीएको थियो । कार्यक्रममा क्रियाशिल पत्रकार महिला बाँकेका संस्थापक अध्यक्ष अक्षरी पोखरेल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रक्रृषी चौलागाई, प्रदेश सचिव सरला सुवेदी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी, उपाध्यक्ष करुणा शाह, संचारिका समुह, प्रेस युनियन बाँकेका अध्यक्ष प्रिया स्मृति ढकाल , सामुदायिक रेडियो प्रसारक संघ अकोराबका केन्द्रिय सदस्य आरिफ अन्सारी र लुम्बिनी प्रदेशका उपाध्यक्ष रुपा गहतराज  लगायतले शुभकामना मन्तब्य दिनु भएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघमा निर्वाचित पदाधिकारीहरुले पत्रकार महिलका मुद्धामा निरन्तर पहल गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । क्रियाशिल पत्रकार महिलाले आगामी दिनमा पत्रकार तथा श्रमजिवि महिलाका सवालमा निरन्तर सन्डे कल्ब गर्ने, फेलोसिप कार्यक्रम तथा तालिम संचार गर्ने र पत्रकार महिलाको हक हितका लागि विभिन्न कार्यक्रम गर्ने योजना अधिवेशनमा प्रस्तुत गरेको छ । यी योजनालाई अझै बृहत बनाएर कार्यान्वयन गर्ने नवनिर्वाचित अध्यक्ष गिरीले बताउनुभयो ।

Next Post

देशको प्रतिष्ठा र आर्थिक विकासका लागि खेलको विकास महत्वपूर्णः प्रचण्ड

२०८१ पुष ६, शनिबार १८:३८
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको प्रतिष्ठा र आर्थिक विकासका लागि खेल क्षेत्रको विकास महत्वपूर्ण हुने बताउनुभएको छ । गोरखा ताकुकोट सेवा समाज, काठमाडौको नवौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । अध्यक्ष प्रचण्डले नेपाली युवाहरुमा क्रिकेटको क्रेज बढ्दै जानु देशका लागि महत्वपूर्ण […]