बर्दियामा जलवायु संकट र विपद् जोखिम व्यवस्थापन सम्बन्धि दुई दिने तालिम सम्पन्न

  ।   २०८१ कार्तिक ११, आईतवार ०६:२७

नेपालगन्ज । बाँके युनेस्को क्लबलले बर्दियाको गुलरियामा सञ्चालन गरेको जलवायु संकट, विपद् जोखिम व्यवस्थापन, सरसफाई स्वच्छता र मानवीय सहायतासम्बन्धी २ दिने तालिम सम्पन्न भएको छ ।

क्लबद्धारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियामा सञ्चालित बालिका शसक्त परियोजनाअन्तर्गत सो तालिमको आयोजना गरिएको थियो ।

किशोरी क्लब र युवा क्लबका सदस्यहरूलाई विपदबाट हुने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न सावधानीका उपायहरू अवलम्बन गर्न र जोखिममा परेका समुदायलाई सचेत गराउनुका साथै जलवायुको संकटलाई कम गर्न समुदाय स्तरमा अभियान संचालनमा महत्वपूर्ण ज्ञान प्रदान गर्ने उद्देश्यले सो तालिम संचालन गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।

दुई दिनसम्म सञ्चालन गरिएको सो तालिममा जम्मा २७ जनाको सहभागीता रहेको थियो । तालिमका सहजकर्ता हरि सुबेदीले तालिमा विपद्का प्रकारहरुका साथै जलवायु परिवर्तनका कारणहरू र त्यसको प्रभाव तथा जोखिम मूल्याङ्कन र जोखिम क्यालेन्डरलगायत जलवायु परिवर्तनलाई न्यूनीकरण गर्ने उपायहरु बारे सहजीकरण गर्नुभएको थियो ।

बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरको अध्यक्षतामा आयोजना गरिएको तालिमको समापन समारोहमा बोल्दै तालिमका सहभागी पबी बीकेले तालिमबाट धेरै कुराहरु सिक्न पाएको जनाउँदै अब सिकेका कुरा समुदाय र आफ्नो क्लबमा विस्तार गर्ने बताउनुभयो ।

समापन कार्यक्रममा बाँके युनेस्को क्लबका कार्य समिति सदस्य भाबुकजंग थापा, कार्यक्रम संयोजक गोविन्द लामिछाने, कार्यक्रम अधिकृत इश्वर विक र नग्मा मनिहारको पनि सहभागीता रहेको थियो ।

कार्यक्रमको अन्त्यमा किशोरी क्लबले सहभागितात्मक रुपमा आफ्नो आफ्नो क्लब को कार्ययोजना समेत निर्माण गरेका थिए ।

Next Post

सरकारका गलत कदमका विरुद्ध सडक र सदन दुबै मोर्चाबाट प्रतिवादः प्रचण्ड

२०८१ कार्तिक ११, आईतवार ०६:२७
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका गलत कदमका विरुद्ध सदन र सडक दुबै मोर्चाबाट प्रतिवाद गर्ने बताउनुभएको छ । माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उहाँले प्रतिपक्षको खबरदारीलाई सामान्य रुपमा लिए सरकारले नसोचेको मूल्य चुकाउने […]