नेपालगन्ज । प्लान ईन्टरनेसनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतले आर्थिक वर्ष ०८०÷०८१ को दुई दिने बार्षिक समिक्षा गोष्ठि सम्पन्न गरेको छ ।
प्लान ईन्टरनेसनल नेपाल, क्षेत्रीय कार्यालय सुर्खेतको कार्यक्षेत्र भित्रका कर्णाली र लुम्बिनी प्रदेशका साझेदार संस्थाहरुद्धारा संचालित कार्यक्रमहरुको पुनरावलोकन र आगामी कार्यक्रमको रुपरेखा तयार गर्ने उद्येश्यका साथ सोे गोष्ठि आयोजना गरिएको थियो । सो गोष्ठिमा साझेदार संस्थाहरुले बर्षभरीमा गरेका मुख्य उपलब्धीहरु, सिकाई, चुनौंतीहरु, असल अभ्यासहरु र नवीनतम कार्यहरुको समिक्षा गरी आगामी बर्षको प्राथमिताहरुको पहिंचान र योजना तयारीको खाका निर्माण गरिएको जनाईएको छ ।
प्लान क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुख मिना पराजुलीले सो समिक्षा गोष्ठिको उध्येश्य, प्लान ईन्टरनेशनल नेपालको आगामी प्राथमिकताका क्षेत्रहरुमा प्रकाश पार्दै गोष्ठिको शुरुवात गर्नुभयो ।गोष्ठिमा साझेदार संस्थाहरुले कार्र्यक्रम संचालन पश्चात प्राप्त उपलब्धीहरुलाई देखाउने गरी ग्यालरी प्रजेन्टेशन गरेका थिए । ग्यालरी प्रस्तुतीमा खासगरी परियोजनाका मुख्य उपलब्धीहरु, त्यसलाई हासिल गर्नका लागि गरेका कार्यहरु, पद्धती, रणनिती र सफलताको कथाहरु प्रस्तुत गर्नका साथै परियोजनाका लाभान्बित ब्यक्ति तथा समुहहरुले निर्माण गरेका शैक्षिक तथा ब्यबसायीक समाग्रिहरु समेत प्रर्दशन गरीएको थियो ।
त्यसैगरी कार्य दौडानमा अपनाएका नबीनतम पद्धतीहरु, मुख्य सिकाईहरु, चुनौतीहरु पहिंचना र प्रस्तुतीकालागि समुह कार्य गरिएको थियो । सोही प्रकारले प्लानर साझेदार संस्थाबीचको साझेदारी, कार्यक्रम र आर्थिक ब्यबस्थापनमा छलफल गरी आएका अप्ठयाराहरुलाई समाधान गर्न टक शो कार्यक्रम संचालन गरिएको थियो ।
यसैगरी संचालित परियोजनाहरुले कसरी सामाजिक मुल्य, मान्यता, सामाजिक तथा आर्थिक र नितीगत तथा बीत्तिय क्षेत्रमा प्रभाव पारेको रहेछ भनेर पत्ता लगाउन समुह कार्य समेत गरिएको थियो ।
भबिष्यमा प्लान ईन्टरनेशनल नेपालबाट कस्तो किसिमको सहयोग आबश्यक छ, परियोजनालाई कसरी गुणस्तरीय बनाउन सकिन्छ, नबीनतम कार्यहरु के हुन सक्दछन र ज्ञान ब्यबस्थापन कसरी गर्न सकिन्छ भन्ने बारेमा योजना बनाउनका लागि समेत टक शो कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा प्लान ईन्टरनेशनल नेपाल क्षेत्रिय कार्यालय सुर्खेतका ब्यबस्थापक मीना पराजुली लगायत सम्पुर्ण टिम र प्लान ईन्टरनेशनल नेपाल, केन्द्रिय कार्यालयका निर्देशक जुली गुरुङ्गलगायत बिषय बिज्ञहरुको उपस्थिी रहेका थियो भने साझेदार संस्थाहरुबाट अध्यक्ष, कार्य समितिका पदाधिकारीहरु, कार्यकारी निर्देशक र कार्यक्रमका संयोजक र अधिकृतहरुको उपस्थिती रहेको थियो ।