लुम्बिनी प्रदेश प्रमुखद्वारा रारा अवलोकन

  ।   २०८१ जेष्ठ २७, आईतवार २०:५८

रारा मुगु । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले आज आइतबार मुगु जिल्लाको राराताल अबलोकन गर्नुभएको छ । भ्रमणमा प्रदेश प्रमुख शेरचन , उहाँको जीवन संगिनी शान्ति शेरचन , उहाँको सचिवालयकाे टाेली र कर्मचारीकाे सहभागीता रहेको छ ।

भ्रमणका क्रममा प्रदेश प्रमुख लगायतले घाेडामा सवार गरि राराकाे अदभूत साैन्दर्य अवलाेकन गर्नुभएकाे थियाे ।कर्णाली प्रदेशको स्वर्गकी रानिकाे रूपमा परिचित रारामा दैनिक सयौं पर्यटककाे भिड लाग्ने गर्दछ ।

रारा प्राकृतिक रूपमा निर्मित नेपालको सबैभन्दा ठुलो ताल हो । रारामा स्थलमार्ग र हवाई मार्गबाट पुग्न सकिने भएपनि लुम्बिनी प्रदेश प्रमुख लगायतको टोलि स्थलमार्गबाट रारा पुगेकाे हाे । रारा पुग्ने बित्तिकै राराको सुन्दरताले आफुहरु लाेभिएकाे भ्रमणमा सहभागी प्रदेश प्रमुख शेरचनको सहस्वकीय सचिब बसन्त भट्टचनले बताउनुभयो ।

Next Post

प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

२०८१ जेष्ठ २७, आईतवार २०:५८
काठमाडौँ, । भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आइतबार बेलुका भएको भेटमा उहाँहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा उहाँहरूबीच विगतमा भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयनका बारेमा छलफल भएको थियो […]

सम्बन्धित शीर्षक